सिआन शहर र रेशमी मार्गको भाग्य
2022-08-21 17:31:46cri
Share with:

 छैटौं रेशमी मार्ग अन्तर्राष्ट्रिय एक्स्पो यसै साता प्राचीन रेशमी मार्गको सुरूवात एवम् १३ राजवंशको राजधानी सिआन शहरमा आयोजित भएको छ। सिआन शहरका ५ वटा विश्व साँस्कृतिक सम्पदामा पाँचवटा रेशमी मार्गसित सम्बन्धित रहेका छन्।

 

करिब २ हजार वर्षअघि रेशमी मार्गले प्राचीन छाङआन अर्थात् अहिलेको सिआनमार्फत् चीनको संस्कृति विश्वमा फैलाएको थियो। प्राचीन रेशमी मार्गले सिआनबाट प्रस्थान गरेर चीनको खुला तथा सहिष्णु धारणा र रेशमी, चिया, बारूदलगायत  प्राचीन सभ्यता मध्य-एशिया, पश्चिमी एशिया र यूरोपमा पठाएको थियो। हाल प्राचीन रेशमी मार्गलाई सुविधाजनक यातायातबाट सट्टा गरिएको छ। चीनबाट प्रस्तुत “रेशमी मार्ग आर्थिक क्षेत्र” र “२१औं शताब्दी समुद्री रेशमी मार्ग” भन्ने रणनीतिक योजनाले वर्तमानकालीन रेशमी मार्गको सुन्दर दृश्य उल्लेख गर्दा विश्वसामु चीनको सुन्दरता फेरि देखाएको छ।