बुद्धको विशाल ढुंगे मूर्ति पूर्ण देखिँदै
2022-08-21 18:40:25cri
Share with:

बितेका केही दिनहरूमा उच्च तापक्रम तथा कम वर्षाको प्रभावमा सछ्वान प्रान्तीय लशान शहरमा अवस्थित खोला नदीहरूको पानी मात्रा स्पष्ट रूपमा घटेको थियो। ती बहु खोला नदी जोडिने बिन्दुमा कुँदिएको लशान बुद्धको विशाल ढुंगे मूर्तिको खुट्टा देखिन थालेको छ र मूर्तिको पूरै भाग हेर्न प्रशस्त पर्यटकहरूलाई आकर्षित गराइरहेको छ। हालसम्म लशान बुद्धको ठूलो मूर्तिको सतह ३५४ मिटर मात्रै छ जुन गत वर्षको सोही अवधिको तुलनामा २ मिटरसम्म तल घटेको छ।


लशान बुद्धको विशाल ढुंगे मूर्तिको उचाई ७१ मिटर छ र ९० वर्षसम्म सन् ८०३मा (चीनको थाङ राजवंशकाल) यो मूर्ति कुँद्ने काम पूरा भएको थियो।