“चिनियाँ बुलेट रेल”द्वारा साझा जीतलाई साकार
2022-08-23 17:21:06cri
Share with:

बेल्ट एण्ड रोड प्रस्तावका लागि अगष्ट २१ तारिख एउटा राम्रो दिन हो। अगष्ट २१ कै दिन चीन युरोप रेल चीनको सिआन अन्तर्राष्ट्रिय बन्दरगाह स्टेशनबाट निस्केको छ। जुन चालु वर्षयता चीन युरोप रेल आवत जावत गरिएको १० औं हजार पटक हो। त्यो गत वर्षको दाँजोमा १० दिनभन्दा अगावै १० हजार पटकभन्दा बढी पुगेको दिन पनि हो।

 

सोही दिन चीनमा पहिलो पल्ट निर्यात गरिने उच्च गतिको रेल पनि औपचारिक रूपमा सञ्चालनमा आएको छ। जुन रेल जाकार्ता-बान्डुङ उच्च रेलवेमा प्रयोग गरिनेछ।

 

बितेका केही वर्षयता चीनका अधिकांश रेलवे सहकार्य परियोजनाहरू क्रमश: स्थानीय आर्थिक र सामाजिक विकासलाई अघि बढाउने “सुनौँलो साँचो” बनेको देखिन्छ।

 

हालसम्म चीनसँग बेल्ट एण्ड रोड सम्बन्धी दस्तावेजमा हस्ताक्षर गरेका मुलुकहरूको संख्या १४० भन्दा बढी पुगेको छ। विश्वको सबैभन्दा ठूलो सार्वजनिक उत्पादित वस्तुको हैसियतले बेल्ट एण्ड रोडबाट झन् झन् बढी वास्तविक फाइदाको सिर्जना गर्दै आएकोछ।