७ लाख ५० हजार डलरमा किनेको घरको मूल्य यतिबेला ४ लाख ७२ हजार मात्र
2022-08-23 16:50:05cri
Share with:

गत गृष्म ऋतुमा नाथन कोनोली र उहाँकी श्रीमतीले घरको मर्मत गर्ने सोचाइ बनाउनुभयो। उहाँहरुले बाल्टिमोरमा रहेको आफ्नो घरलाई ऐतिहासिक महत्वको स्थामा रहेको र यसले उच्च मूल्य प्राप्त गर्ने आशामा घरलाई मरमत गर्न तथा केही सुधार गर्नलाई बैकबाट ऋण लिएर काम गर्नुभयो। उहाँहरुले पानी ट्याङ्कको मर्मतका लागि ५ हजार डलर र अन्य क्षेत्रमा ३५ हजार खर्च गर्नुभयो। उहाँहरुले उक्त खरलाई सन् २०१७ मा ४ लाख ५० हजार डलरमा किन्नु भएको थियो। कोरोना महामारी कालमा पनि घरको मूल्य ४२ प्रतिशतले वृद्धि भएको थियो। तर घरजग्गा कारोबार गर्ने एक कम्पनीले उहाँहरुको घरको मूल्य ४ लाख ७२ हजार मात्र हुने निचोट सुनाएपछि उहाँहरुले ठूलो घाटामा फसेको थाहा पाउनु भएको छ। उहाँहरुले घरमा लगानी नै ७ लाख ५० हजार डलर गरिसक्नु भएको छ तर अहिले घरको मूल्य मात्र ४ लाख ७२ हजार मात्र तोकिएको छ।