अन्तरिक्षमा बाइक चलाउने नयाँ तरिकाः खुट्टा, हात दुवैबाट चलाउन सकिन्छ
2022-08-23 14:18:49cri
Share with:

चिनियाँ अन्तरिक्ष यात्रीहरूले अन्तरिक्षमा ७०दिन बिताइसकेका छन्। उनीहरू काममा व्यस्त रहनुका साथै व्यायाम पनि गर्छन्। 

चिनियाँ अन्तरिक्ष स्टेशनमा एउटा अन्तरिक्ष बाइक पनि छ। यो अन्तरिक्ष यात्रीको व्यायाम गर्ने महत्त्वपूर्ण उपकरण हो। यस पटक चिनियाँ अन्तरिक्ष यात्रीले वनथ्यान प्रयोगात्मक कक्षमा प्रवेश गरेर उक्त बाइक पनि ल्याएका छन्। 

अन्तरिक्षमा गुरूत्वाकर्षण नभएकोले अन्तरिक्षमा बाइक चलाउने तरिका पृथ्वीमा भन्दा फरक छ। उक्त बाइकमा बस्न सिट तथा कुशन छैन, पछाडि भित्तामा एउटा समर्थन फ्रेममार्फत शरीरलाई अड्याएर अनि खुट्टाला निश्चित ठाउँमा राखेर बाइक चलाउन सकिन्छ। यसका साथै हातबाट पनि उक्त बाइक चलाएर हात र पाखुरको व्यायाम गर्न सकिन्छ।