माल्भिनास टापुहरूको मामिलामा बेलायतले संयुक्त राष्ट्र संघको निर्णयको पालना गर्नुपर्छ!
2022-08-23 18:57:10cri
Share with:

हाल अर्जेन्टिनास्थित बेलायती राजदुतावासले अर्जेन्टिनी विश्वद्यालयका विद्यार्थीहरूलाई एउटा भिडियो प्रतियोगिताको आयोजना गरेको थियो। उक्त प्रतियोगिताका विजेतालाई पुरस्कार दिन माल्भिनास टापुहरूको एक साताको नि:शुल्क यात्रा उपलब्ध गराउने योजना छ। यस कुराको कडा विरोध गर्नका लागि अर्जेन्टिनाको विदेश मन्त्रालयले एक घोषणा पत्र सार्वजिक गरेको छ। सो घोषणा पत्रले बेलायतद्वारा उक्त प्रतियोगिताको आयोजना गरिने उद्देश्य भनेको माल्भिनास टापुहरूलाई व्यावहारिकरूपमा ओगटेको देखाउने कुरा औंल्याइएको छ। साथै अर्जेन्टिनाले बेलायतलाई संयुक्त राष्ट्र संघको निर्णयको पालना गर्नुपर्ने माग गरेको र माल्भिनास टापुहरूको सार्वभौमिकतासित सम्बन्धित समस्याबारे बेलायतसँग छलफल गर्न पनि माग गरेको छ।

संयुक्त राष्ट्र संघ अन्तर्गत उपनिवेशीकरण विषेश समितिले लगभग ३० पटक निर्णय गरी बेलायतलाई अर्जेन्टिनासँगको वार्ता आयोजना गर्न आग्रह गरेको छ। अर्जेन्टिनाले पनि माल्भिनास टापुहरूको समस्याबारे वार्ता गर्न बेलायतलाई धेरै पटक निमन्त्रणा दिएको छ। तर बेलायतले ती आग्रह र निमन्त्रणालाई वास्ता गरेको छैन।

सन् २०१६ वर्षको मार्चमा संयुक्त राष्ट्र संघको “महाद्वीपीय स्वसीमा समिति”ले माल्भिनास टापुहरू अर्जेन्टिनाको प्रादेशिक सागरमा भएको निर्णय गरेको थियो। साथै विश्वका लगभग सबै मुलुकहरूले माल्भिनास टापुको मामिलामा अर्जेन्टिनाको अडानलाई समर्थन गरेका छन्। यो मामिलामा चीनले पनि अर्जेन्टिनाको अडानलाई समर्थन गरेको छ।