सान फ्रान्सिस्कोका लागि चिनियाँ महावाणिज्य दूतावासको वेबसाइटले २३ तारिख सार्वजनिक गरेको सूचना अनुसार, हाल क्यालिफोर्निया राज्यको ओकल्याण्ड नगरमा लगातार रूपमा एशियाली लक्षित भयंकर हिंसात्मक अपराध भएका छन्, जसमा दुई जना चिनियाँ अमेरिकीको मृत्यु हुनुका साथै धेरै एशियाली अमेरिकी घाइते भएका छन्।
केही समययता अमेरिकामा चिनियाँ मूल अमेरिकी लगायत एशियाली अमेरिकी समूह लक्षित भेदभाव स्थिति गम्भीर हुँदैआएको छ र हिंसात्मक गतिविधि धेरै देखिएको छ। पछिल्लो जनमतका अनुसार, लस एन्जलसका दुई तिहाइ एशियाली अमेरिकीलाई जातिवाद एउटा गम्भिर चिन्ताको विषय बनेको छ। निजी जेलमा गोराबाहेक अरू रंगका मानिसहरू तथा आप्रवासीहरूलाई निकै अनुचित उपचार गरिएको छ, जातिवादको कारणले मारिएको अफ्रिकी अमेरिकी र अरू अल्पसंख्यक समूहको घटना धेरै देखिन्छ। मानव अधिकारबारे अमेरिकाका विभिन्न दुष्कर्ममाथि संयुक्त राष्ट्र संघका विभिन्न मानवअधिकार विशेष प्रणाली रिपोर्टरले आलोचना गरेका छन्।
संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले यसै वर्षको जातिवाद हटाउने अन्तर्राष्ट्रिय दिवसको स्मृति सभामा जातिवाद लोकतन्त्र, स्थिरता र शान्तिलाई धम्की दिने अँध्यारो बल भएको उल्लेख गर्नुभएको थियो। संयुक्त राष्ट्र संघको सबै प्रकारका जातीय भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि अनुसरण गरेको मुलुकको रूपमा रहेको अमेरिकाले प्रणालीगत रूपमा जातिवादको सुधार गर्न प्रभावकारी कदम चाल्न सकिरहेको छैन जुन सन्धिको दायित्वसँग पूर्ण विपरित छ, उक्त अँध्यारो बल नै लोकतन्त्र, स्थिरता र शान्तिसमक्ष सबभन्दै ठूलो धम्की हो।
यस्तो खराब मानवअधिकार रेकर्डसमक्ष अमेरिकाले आफ्नो समस्याको समाधान गर्दैन तर मानवअधिकार गुरूको रूपमा मानवअधिकार विषयलाई राजनीतिक हतियारको रूपमा अरू मुलुकलाई दबाव दिएको छ जसले अन्तर्राष्ट्रिय कानून र अन्तर्राष्ट्रिय सम्बन्ध आधारभूत नियमलाई सार्वजनिक रूपमा ध्वस्त बनाएको छ। जुन जातिवाद, मानवअधिकारलाई सम्मान र संरक्षण गर्ने अन्तर्राष्ट्रिय समूहको प्रयास विपरित छ।