सन् २०२२ सेवा व्यापार एक्स्पोको तयारी कार्य पूरा
2022-08-24 14:57:16cri
Share with:

चीनको वाणिज्य मन्त्रालय र पैचिङ नगर सरकारले जनाए अनुसार, सन् २०२२ चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार एक्स्पो अगस्ट ३१ तारिखदेखि सेप्टेम्बर ५ तारिखसम्म पैचिङमा आयोजना हुने छ। साथै एक्स्पोकालागि वश्यक विभिन्न तयारी कार्य सम्पन्न भएको पनि बताइएको छ। 

 सेवा सहयोगबाट विकासलाई अघि बढाइने, हरित सिर्जनाबाट भविष्यलाई स्वागतशीर्षकको नारा बोकेको सन् २०२२ सेवा व्यापार एक्स्पोको कूल प्रदर्शन क्षेत्रफल १ लाख ५२ हजार वर्ग मिटर छ। अघिल्लो एक्स्पोभन्दा २६ हजार वर्गमिटर ठूलो छ। यस पटकको एक्स्पोमा मौद्रिक सेवा, शिक्षा सेवा, वातावरण सेवा आदि नौ विषयका प्रदर्शनी कक्षहरू स्थापना गरी नयाँ प्रविधि, नयाँ उपलब्धि, नयाँ विकास मोडलको प्रदर्शन गरिने छ। 

हालसम्म १८९ जना चिनियाँ तथा विदेशी विशेष अतिथिले एक्स्पोमा भाग लिनुका साथै ४०० भन्दा बढी विश्वका प्रसिद्ध व्यवसायले प्रदर्शनीमा भाग लिने पक्का भइसकेको छ। तथ्याङ्कअनुसार, सन् २०१२ यता चीनको सेवा व्यापार द्रुत गतिले वृद्धि हुँदै वार्षिक औसत वृद्धि दर ६.१ प्रतिशत पुगेको छ। सन् २०१४ यता, सेवा व्यापारको परिमाण लगातार ८ वर्षसम्म विश्वको दोस्रो स्थानमा रहेको छ।