ग्रामिण क्षेत्रका सबै जनतालाई सफा पिउने पानी
2022-08-26 15:53:21cri
Share with:

चिनियाँ भाषामा एउटा पुरानो उखान छः जनताका लागि खाद्यन्न सबभन्दा महत्वपूर्ण रहेतापनि पानी खाद्यन्नभन्दा अझ महत्वपूर्ण हुने गर्छ। विगत दश वर्षमा चीनका ग्रामिण क्षेत्रमा हजारौँ पिउने पानी परियोजना चल्दै आएका छन्। पहाड र नदीलाई पार गरिएका पानीका पाइपबाट ग्रामिण क्षेत्रका जनतालाई सफा पिउने पानी उपलब्ध गराउने संकल्प प्रष्ट छ।

फोटोमा देखाइएको उत्तर पश्चिमी चीनको कान्सु प्रान्तस्थित लिनस्या तौङस्याङ जातीय स्यायत्त जिल्लाको उपग्रह फोटो हो। सो क्षेत्रमा दश वर्ष यता ८ वटा पानी कारखाना र ६०३ वटा पानी भण्डारण स्थल स्थापना गरिएको छ।

यस ऐतिहासिक पानी आपूर्ति परियोजनामा, अल्पसंख्यक पानी पाइपले धेरै जटिल भूभागलाई पार गरी सारा तौङस्याङ जिल्ला ढाकेका छन्। पानीका यी पाइपको कूल लम्बाई ७२०० किलोमिटरभन्दा लामो छ। हाल ३ लाख तौङस्याङ बासिन्दाको घरमा सफा पानी पुगेको छ। सफा पानी उपलब्ध भएपछि गाउँलेको जीवनमा विशाल परिवर्तन भएको छ।