सिपेकमार्फत पर्यावरण आधुनिकीकरण
2022-08-26 16:01:12cri
Share with:

चिनियाँ ट्याब्लोइड अखबार ग्लोबल टाइम्ससँगको विशेष अन्तर्वार्तामा पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले चीन-पाकिस्तान आर्थिक करिडोर सिपेकले दिगो र स्वदेशी आर्थिक आधुनिकीकरणको जग बसाइरहेको बताउनु भएको छ। उहाँले यस क्षेत्र भित्र र यस क्षेत्रका बजारहरू जोड्नको लागि यसको विकास एक तार्किक कदम रहेको बताउनुभयो।

सिपेक चीन र पाकिस्तानको भावी द्विपक्षीय आर्थिक सहयोग एजेन्डाको आधारशिला भएको भन्दै उहाँले सिपेक सम्बन्धित परियोजनाहरूलाई समयमै पूरा गर्ने प्रतिबद्धता दोहोर्‍याउनुभयो।
यो अर्बौँ डलरको परियोजनाले वास्तवमा चीन-पाकिस्तान सम्बन्धलाई आर्थिक रणनीतिक साझेदारीमा परिणत गरेको र दुवै देशका जनतालाई एकअर्काको नजिक ल्याएको पनि उहाँले उल्लेख गर्नुभयो।