“चीन रूस भिडियो आदान प्रदान प्रसारण गतिबिधि” चीनमा शुरू
2022-08-27 17:22:13cri
Share with:

चाइना मिडिया ग्रुप र चीनका लागि रूसी दूताबासको संयुक्त तत्वावधानमा आयोजित “चीन रूस भिडियो आदान प्रदान प्रसारण गतिबिधि” अगष्ट २६ तारिख पैचिङमा शुरू भएको छ।

उक्त गतिबिधिको अवधिमा चाइना मिडिया ग्रुप अन्तर्गत सीजीटीएनले रूसी मिडियाका लागि अधिकांश उत्कृष्ट चिनियाँ चलचित्र, वृत्तचित्र र महत्वपूर्ण शृङ्खलाबद्ध रिपोर्ट प्रदान गर्नेछ। यसका साथै सीजीटीएनका विभिन्न भाषाका टीभी च्यानलहरू र नयाँ मिडिया चौतारोहरूले रूसी मिडियाद्वारा उपलब्ध गराइएका रूसी इतिहास र संस्कृतिको परिचय दिइने मनोरञ्जनात्मक कार्यक्रमको पनि प्रसारण गर्नेछन्।

उक्त गतिबिधिको आरम्भ समारोह सम्पन्न भएपछि चीनका लागि रूसी दूताबासले पदवी वितरण समारोहको आयोजना गरेको छ। चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाई स्योङले रूसद्वारा वितरण गरिएको रूसी मित्रता पदवीलाई स्वीकार गर्नुभएको छ। चीनका लागि रूसी राजदूत आन्द्री डेनिसोभले रूसी राष्ट्रपतिको आदेश सुनाउँदै रूस चीन दुवै देशको सांस्कृतिक आदान प्रदान र दुवै देशका जनताको मित्रतालाई अघि बढाउन योदान गर्नुभएकोमा रूसी सरकारको तर्फबाट सीएमजीका महानिर्देशक शन हाई स्योङलाई पदवी र प्रमाण पत्रको वितरण गर्नुभएको छ।