इन्टरनेटद्वारा ग्रामीण विकासमा थप प्रबर्द्धन
2022-08-27 19:20:46cri
Share with:

 

सन् २०२१ मा चीनको ग्रामीण इन्टरनेटको प्रयोगदर ५७.६ प्रतिशत पुगेको छ। यो सन् २०१२ वर्षको तुलनामा ३३.९ प्रतिशतले बृद्धि भएको हो। सोही दश वर्षको अबधिमा चीनको गरिबी क्षेत्रमा इन्टरनेटमार्फत सम्पर्क निकै गाह्रो भएको समस्याको राम्रोसँग समाधान गरिएको छ। हाल चीनमा अधिकांश ग्रामीण बासिन्दाहरू इन्टरनेट प्रयोग गर्न सक्छन्।

 

विगत दश वर्षमा सूचनाको प्रबन्ध सुधार हुँदै आएकाले गाउँ र शहरबीचको सम्पर्क द्रुत गीतले घनिष्ट बनिरहेको देखिन्छ। प्रत्यक्ष ई-वाणिज्य, प्राविधिक कृषि उत्पादन, टेलिमेडिसिन, डिजिटाइज र सूचना अहिले चीनको गाउँहरूको जीवनमा प्रवेश गरिसकेको छ। जतिसुकै दुर्गम वा सानो गाउँ पनि आधुनिक विश्वसँग सम्पर्क गर्ने हैसियत राख्छन्।