जर्मन व्यवसायीले सेवा व्यापार एक्स्पोमा प्रदर्शन गर्ने
2022-08-28 19:00:09cri
Share with:

सेवा व्यापार एक्स्पो २०२२ यही अगष्ट ३१ देखि सेप्टेम्बर ५ तारिखसम्म पैचिङमा आयोजना हुने भएको छ। यो एक्स्पो विश्वव्यपी सेवाको व्यापारिक क्षेत्रमा सबभन्दा ठूलो प्रदर्शनी हो। जर्मन संघीय विदेशी व्यापार तथा लगानी विभागको नेतृत्वमा जर्मनीको व्यवसायी गत वर्षदेखि फेरि एक पटक सो सेवा व्यापार एक्स्पोमा सहभागी भएको छ।

 

जर्मन संघीय विदेशी व्यापार तथा लगानी विभागको पैचिङस्थित कार्यालयका प्रतिनिधि तेनिस वेल्केन्सले यस पटकको सेवा व्यापार एक्स्पोको मुख्य विषय “डिजिटलाइज” र “हरित भविष्य” भएको आधारमा विशेष गरी शहरको “हरित भविष्य”का लागि वातावरण सुरक्षा नयाँ यातायातको मेशिन महत्वपूर्ण हुने भएको कुरामा जोड दिनुभयो। सो “हरित भविष्य” शीर्षकमा परियोजनाले गाडीको साझा प्रयोग गर्ने सेवा, स्वचालित विजुली गाडी र उर्जाको दक्षतासमेतका विभिन्न क्षेत्रलाई विकास गर्न व्यापक भविष्य उपलब्ध गराउने भएको कुरा पनि उहाँले बताउनुभयो।