ग्रान्ड नहरको किनारमा विविध मीठा खाना
2022-08-29 15:37:11CRI
Share with:

सातौँ चिनियाँ गैरभौतिक सांस्कृतिक सम्पदा एक्स्पो अगष्ट २५ तारिखदेखि २९ सम्म चीनको शानतोङ प्रान्तीय चिनान शहरमा आयोजना भएको छ। एक्स्पोमा ग्रान्ड नहरको किनारामा रहेका विभिन्न प्रान्त तथा शहरहरूका मीठा परिकार र खाजा प्रदर्शन गरिएका छन्। जसले ग्रान्ड नहर गैरभौतिक सांस्कृतिक सम्पदाअन्तर्थत मीठा खानाको ऐतिहासिक अर्थ तथा सांस्कृतिक रीतिरिवाज देखाएको छ।

उदाहरणका लागि शानतोङ प्रान्तीय द चौ शहरको ब्रेज्ड चिकेन ३०० वर्षअघि तत्कालीन शाही परिवारका लागि विशेष खाना थियो। ह पै प्रान्तीय छाङ चौ शहरको विभिन्न स्वादका रोटी, जसमा २० भन्दा बढी प्रकार समेटिएका छन्। 

यो चीनको ग्रान्ड नहर विश्वकै सबैभन्दा लामो, ठूलो नहर र पुरानो मानवनिर्मित नहर हो। यो ग्रान्ड नहरले ८ वटा प्रान्त तथा शहरहरू पार गर्नुका साथै चीनका पाँच मुख्य नदीलाई जोडेको छ। जसले चीनको दक्षिणी तथा उत्तरी भागबीच अर्थतन्त्र तथा संस्कृतिको विकास तथा आदानप्रदानका लागि ठूलो प्रभाव पारेको छ। 

सन् २०१४ मा यस ग्रान्ड नहलाई विश्व सम्पदा सूचिमा सूचिकृत गरिएको थियो।