हजारौँ वर्षको इतिहास बोकेको ग्रान्ड नहरको किनारमा रहेका गैरभौतिक संस्कृतिहरू
2022-08-29 15:16:28CRI
Share with:

सातौँ चिनियाँ गैरभौतिक सांस्कृतिक सम्पदा एक्स्पो अगष्ट २५ तारिखदेखि २९ सम्म चीनको शानतोङ प्रान्तीय चिनान शहरमा आयोजना भएको छ। सो अवसरमा ग्रान्ड नहरको किनारामा रहेका प्रान्त तथा शहरहरूका गैरभौतिक सांस्कृतिक सम्पदाहरू प्रदर्शन गरिएका छन्।

 

यो चीनको ग्रान्ड नहर विश्वकै सबैभन्दा लामो नहर हो। यसको लम्बाइ २७०० किमी छ। यो विश्वको सबैभन्दा ठूलो नहर हो साथै सबैभन्दा पुरानो मानवनिर्मित नहर पनि हो। यसको २५०० वर्षको इतिहास रहेको छ। 

यो ग्रान्ड नहरले पैचिङ, चच्याङलगायत ८ वटा प्रान्त तथा शहरहरू पार गर्नुका साथै हाइह नदी, पीत नदी, ह्वाइ ह नदी, याङसी नदी र छ्यानथाङ नदीलगायत पाँच नदीलाई जोडेको छ। 

जसले चीनको दक्षिणी तथा उत्तरी भागबीच अर्थतन्त्र तथा संस्कृतिको विकास तथा आदानप्रदानका लागि ठूलो प्रभाव पारेको छ। सन् २०१४ मा यस ग्रान्ड नहलाई विश्व सम्पदा सूचिमा सूचिकृत गरिएको थियो।