चालु वर्षको “राष्ट्रिय स्वास्थ्यलाभ दिवस” सम्बन्धी कार्यक्रमहरु
2022-08-29 14:49:49CRI
Share with:

चालु वर्षको अगष्ट ८ तारिख चीनको चौधौं “राष्ट्रिय स्वास्थ्यलाभ दिवस” हो। राष्ट्रिय खेलकुद आयोगले  “राष्ट्रिय स्वास्थ्यलाभ दिवस”को उपलक्ष्यमा समस्त चीनमा सम्बन्धित कार्यक्रमहरुको आयोजना गर्दै कल्याणकारी विज्ञापन सार्वजनिक गरेको छ। आजको कार्यक्रममा यस विषयबारे एउटा विवरण सुन्नुहोस्।

कल्याणकारी विज्ञापनमा हिउँदे ओलम्पिक खेलकुदकी च्याम्पिएन श्यी मङ थाउ र टेबल टेनिसकी प्रसिद्ध खेलाडी सुन यिङ शाले सर्वसाधारणलाई राष्ट्रि स्वास्थ्यलाभको प्रचार प्रसार गर्दै हुनुहुन्छ। राष्ट्रिय खेलकुद आयोगको समूह विभागका प्रमुख तिङ तुङले यो विज्ञापन चालु वर्षको राष्ट्रिय स्वास्थ्यलाभ दिवसको एउटा विशेषता रहेको जानकारी दिँदै भन्नुहुन्छ,

कल्याणकारी विज्ञापनमा हामीले “राष्ट्रिय स्वास्थ्यलाभ आफूबाट गरौँ, बैज्ञानिक रुपमा स्वास्थ्यलाभ गरौँ, सँगै मिलेर स्वास्थ्यलाभ गरौँ” यस्तो अवधारणा प्रस्तुत गरेका छौँ। हामीले विज्ञापनमा गण्यमान्य व्यक्ति र सर्वसाधारणलाई निम्तो गरी स्वास्थ्यलाभ गर्ने दृश्य देखाएका छौँ। 

चालु वर्षको  “राष्ट्रिय स्वास्थ्यलाभ दिवस”को अवधिमा चीनका विभिन्न ठाउँहरुमा ४ हजार भन्दा बढी कार्यक्रमहरुको आयोजना गरेको छ। तीमध्ये विभिन्न किसिमको बल, दौडनु र बरफ तथा हिउँ खेल लगायत विविध कार्यक्रमहरु छन्। चालु वर्ष कोरोना महामारीको प्रतिरोध कार्यबारे सोच-विचार गरेपछि चीनले ह पै, चि लिन, है लुङ च्याङ, च्याङ सु, फु च्यान, हु पै र क्वाङ सी लगायत प्रान्तहरुको कार्यक्रमलाई चालु वर्षको नमूना कार्यक्रम बनाउन तोकेको छ।

पैचिङ हिउँदे ओलम्पिक खेलकुदमा हासिल भएको “तीन करोड चिनियाँहरु बरफ र हिउँ खेलमा सहभागी ”भएको उपलव्धि पनि चालु वर्षको राष्ट्रिय स्वास्थ्यलाभ दिवसको उपलक्ष्यमा विस्तारित भएको छ। अगष्ट महिनामा “सर्वसाधारणका लागि खुसीलाग्दो बरफ र हिउँ खेलको साता” विषयक अनेकन कार्यक्रमहरुको आयोजना गरिएको छ। तिङ तुङ भन्नुहुन्छ,

पहिलो कुरा, बरफ र हिउँ खेलको रंगशाला कल्याणकारी कार्यका लागि खुला हुनुपर्छ। यसका लागि राजधानी रंगशाला ग्रीष्म ओलम्पिक खेलकुद र हिउँदे ओलम्पिक खेलकुदको आयोजकको रुपमा सर्वप्रथम नमूना बनेको छ। दोस्रो कुरा, कलाउड तालिम तथा कलाउड प्रदर्शनमार्फत बरफ र हिउँ खेल अनलाइनमा लोकप्रिय भएको छ। त्यसका अतिरिक्त, सर्वसाधारणका लागि बरफ र हिउँ सम्बन्धी खुला कक्षाको आयोजना गरिएको छ। ह पै प्रान्तको नमूना कार्यक्रम हिउँदे ओलम्पिक खेलकुदको आयोजक स्थल छुङ लिमा आयोजित भएको छ। 

सन् २००९ मा राष्ट्रिय स्वास्थ्यलाभ दिवस राखिएपछि चीनको राष्ट्रिय स्वास्थ्यलाभ कार्यमा फड्कोमार्ने विकास हुँदै आएको छ। उदाहरणका लागि बैज्ञानिक स्वास्थ्यलाभ क्षेत्रमा सम्बन्धित संस्थाले खेलकुदका निर्देशक टोलीको निर्माणलाई सबल पारेको छ। अहिले चीनमा खेलकुदका निर्देशकहरुको संख्या २ लाख ७० हजार पुगेको छ। यसका साथै अरु क्षेत्रमा पनि ठूलो विकास हुँदै आएको छ। तिङ तुङ भन्नुहुन्छ,

विगत १० वर्षयता राष्ट्रिय स्वास्थ्यलाभका लागि आवश्यक स्थल बढ्दै आएको छ भने राष्ट्र र विभिन्न स्तरीय सरकारले गर्ने लगानी बढ्दै आएको छ। सन् २०२१ को अन्त्यसम्म हरेक चिनियाँको औसत खेलकुद स्थलको क्षेत्रफल २.४१ वर्गमिटर पुग्यो, जुन सन् २०१९ को तुलनामा १५.९ प्रतिशत बढी हो। स्वास्थ्यलाभका लागि ठाउँको समस्या आधारभूत रुपमा समाधान भइसकेको छ। “सार्वजनिक खेलकुद रंगशालाको सार्वजनिक सेवा मापदण्ड” र “राष्ट्रिय स्वास्थ्यलाभका लागि सार्वजनिक सेवाको मापदण्ड” बमोजिम चीनका सार्वजनिक रंगशालाहरुले राष्ट्रिय स्वास्थ्यलाभ दिवसमा सर्वसाधारणका लागि निशुल्क रुपमा खुला हुनुपर्छ, जसले सर्वासधारणका लागि अरु बढी र सुविधाजनक ठाउँ प्रदान गरेको छ।