बेइजिङको मातृ नदी
2022-08-29 14:51:27CRI
Share with:

चीनको उत्तरी क्षेत्रको एक महत्त्वपूर्ण नदी योङतिङ नदीको लम्बाइ ७४७ किलोमिटर छ। साथै यो योङतिङ नदीको एक शाखा बेइजिङमा पनि प्रवेश गरेको छ र यसको लम्बाइ १७० किलोमिटर छ। यो नदीलाई बेइजिङको मातृ नदी पनि भनिन्छ।

यो नदी नजिकको शौ काङ क्षेत्र बेइजिङ हिउँदकालीन ओलम्पिकको खेलस्थलमध्येको एक थियो। हाल, योङतिङ नदीको प्राकृतिक वातावरणमा सुधार तथा संरक्षण गरिएपछि यसले बेइजिङ सहरलाई थप सुन्दर बनाएको छ।

फुर्सदको दिन, यसै नदीको किनार र पार्क टहल्दैगर्दा ढुङ्गे साँघु देखेपछि घरगाउँको सम्झना दिलायो। अनि, मेरो पालो मैले ढुङ्गे साँघुबाट नदी पार गरेँ। बेइजिङको मातृ नदी सँगसँगै त्यही रमाइलो क्षणको भिडियो यहाँसमक्ष पेश गरेको छु।

Video by #AjayaAloukik

www.facebook.com/AjayaAloukik/