अफ्रिकाका लागि जापानी सहायताको वास्तविक लक्ष्य
2022-08-30 18:32:27cri
Share with:

जापानको नेतृत्वमा आठौँ अफ्रिका विकास सम्मेलन यस अगष्ट २७देखि २८तारिखसम्म ट्युनिसियामा आयोजना भएको छ। जापानका मुख्य मिडिया होस् वा जापानी पदाधिकारीका विविध भाषणहरुबाट हेर्दा अफ्रिकाका लागि जापानको सहायताको वास्तविक लक्ष्य स्पष्ट देखिन्छ भने चीन फेरि निष्क्रिय ढंगले अनुपस्थित "नायक" बनेको छ।


सन् २०१३ चीनको बेल्ट एण्ड रोड भन्ने निर्णय प्रस्ताव प्रस्तुत भएदेखि यता जापानका केही राजनीतिज्ञहरुले दक्षिणपूर्वी एसियादेखि अफ्रिकी महादेशसम्म पूर्वाधार प्रबन्धको निर्माणमा लगानी लगाउँदै बेल्ट एण्ड रोड प्रस्तावमाथि द्वन्द्व गर्दै आएका छन्। यो हाल केही वर्षयता जापानी सरकारले चीनसँग प्रतिस्पर्धा गर्ने महत्वपूर्ण तरिका बनेको छ। समस्या भनेको जापानको लक्ष्य पूरा हुने छ कि छैन?


वर्तमान अफ्रिकाका सामु महत्वपूर्ण बाधा भनेको सानो बजारमूलक परिमाण र कृषि तथा खनिज उत्पादित वस्तु बेच्ने वातावरण हो। जापानको परराष्ट्र मन्त्रालयको तथ्याङ्क अनुसार सन्२०१८ मा जापान र अफ्रिकाबीचको आयात निर्यात बीस अर्ब अमेरिकी डलरभन्दा कम थियो। सन् २०१८ पछि यी दुबै पक्षबीचको आर्थिक सम्बन्ध झन बढी टाढा भएको देखिन्छ। धेरै पटक गरी अफ्रिकामा लगानी विस्तार गर्ने घोषणा भए तापनि वास्तविक तथ्याङ्क निरन्तर घटाइएको देखिन्छ। साथै जापानको अर्थतन्त्र वर्षैपिच्छे घट्दै गएको छ र किशिदाको मन्त्रिमन्डलको समर्थन दर निरन्तर घट्दै गइरहेको छ। यस्तो पृष्ठभूमिमा जापानले अफ्रिकाप्रतिको सहायतालाई कति हदसम्म व्यवहारमा उतार्नसक्छ, थाहा छैन।


अफ्रिकी देशहरूलाई अझ बढी शंकास्पद बनाउँछ कि जापानले अफ्रिकालाई दिएको सहायता अफ्रिकाको लागि हो कि आफ्नै स्वार्थको लागि हो? धेरै विश्लेषकहरूका अनुसार जापानले हाल केही वर्षयता अफ्रिकाप्रतिको सहायतालाई विस्तार गर्ने भनाई अफ्रिकामा उपस्थिति बढाउन र चीनसँग द्वन्द्व गर्नुको अतिरिक्त संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदका स्थायी सदस्य सदस्य बन्ने महत्वाकांक्षा हो। दोस्रो ठूलो युद्धमा पराजित देशको रुपमा जापानले आफ्नो राजनीतिक स्थान बढाउनका लागि तथाकथित सामान्य राष्ट्र बन्न खोज्दै छ। हाल केही वर्षयता अफ्रिका विकास सम्मेलन आदि अन्तर्राष्ट्रिय अवसरहरु लिँदै जापानले संयुक्त राष्ट्र संघीय सुरक्षा परिषदको सुधार जापान र अफ्रिकाको साझा उद्देश्य हो भन्ने धारणा व्यक्त गरेको छ।


अफ्रिका अन्तर्राष्ट्रिय सहयोगको ठूलो बजार हो भने प्रतिस्पर्धात्मक स्थान होइन। जापानको यस्तो सहायता अफ्रिकाको साँचो चाहना होइन।