सन्२०२२ चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार एक्स्पो शुरू हुने
2022-08-30 15:13:45cri
Share with:

‘सेवा सहयोगबाट विकासलाई अघि बढाइने, हरित सिर्जनाबाट भविष्यलाई स्वागत’शीर्षकको नारा बोकेको सन् २०२२ चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार एक्स्पो अगस्ट ३१ तारिखदेखि सेप्टम्बर ५ तारिखसम्म चीनको राष्ट्रिय सम्मेलन केन्द्र र पैचिङ सौकाङ पार्कमा आयोजना हुने छ। 

यस पटकको एक्स्पोमा मेटाभर्स अनुभव मण्डपको स्थापना गरिएको छ। १० हजार वर्गमिटरको मेटाभर्स अनुभव मण्डप यस एक्स्पोमा पहिलो पटक स्थापना गरिएको हो। यस मण्डपमा मेटाभर्ससम्बन्धी सम्पूर्ण व्यवसायको प्रदर्शनी गरिने छ।

दर्शकहरूले मुलुक शीर्षक क्षेत्रमा विश्वव्यापी विभिन्न मुलुकका सेवा व्यापार विकासको प्रवृत्ति बारे जानकारी लिनुकासाथै विभिन्न मुलुकको विशेषता र सभ्यताको अनुभव गर्न सक्छन्। संयुक्त अरब इमिरेट्स यस एक्स्पोको मुख्य अतिथि देश हो। उसले‘विविधता अर्थतन्त्र’मा केन्द्रित भएर उडान सेवा, मौद्रिक सेवा, उत्पादन व्यवसाय, सांस्कृतिक सेवा आदि विषयमा प्रदर्शन गर्ने छ। नेदरल्याण्ड्स, अस्ट्रिया, पोर्चुगल आदि ३३ मुलुकले अनलाइनमार्फत प्रदर्शनी गर्ने भएका छन् जसबाट दर्शकले कुनै पनि समय, कुनै पनि ठाउँमा बसेर अवलोकन गर्न पाउने छन्।