आउँदै गरेको आँधीः अमेरिका आउँदै गरेको महामारीका लागि अझै तयार छैन
2022-08-30 19:33:20cri
Share with:

अमेरिकामा जब सेप्टेम्बर ११ को हमला भएको थियो, तब अमेरिकी प्रशासनले एकपछि अर्को गरी धमाधम संयन्त्रहरू बनाएको थियो। तर आसन्न महामारीका लागि कुनै तयारी गरिनसकेको द वासिङ्टन पोस्टको सम्पादकीयमा लेखिएको छ।

सम्पादकीयमा लेखिएको छ, अफ्रिका बाहिर बिरलै देखिने मंकीपक्स अमेरिकामा लगभग १६ हजार ९ सयभन्दा बढीमा फैलिसकेको छ। तीन महिना यता  सार्वजनिक स्वास्थ्य प्रणालीको नियन्त्रण क्षमतालाई यसले कमजोर करार गरिरहेको छ। चार दशकअघि अमेरिकाबाट ठूलो मात्रामा निर्मूल पारिएको पोलियो भाइरस एक वर्षसम्म फैलिएको हुनसक्छ, यद्यपि सार्वजनिक अलार्म न्यूयोर्कमा एक बिरामी पक्षाघात हुँदा मात्र आयो। पहिलो गम्भीर एक्युट रेस्पिरेटरी सिन्ड्रोम अर्थात् सार्सबाट लगभग ७७४ को ज्यान गयो। मिडिल इस्ट श्वासप्रश्वास सिन्ड्रोमका कारण ३६ प्रतिशत केसमा मृत्यु दर देखिएको थियो। हाल कोभिड-१९ का कारण ५० करोडभन्दा बढी मानिसहरू संक्रमित भएको देखियो भने कम्तीमा 6 मिलियन बढी मृत्यु निम्त्यायो र हुनसक्छ भविष्यमा अझै धेरै। अब के हुन्छ? के हुन्छ यदि अर्को महामारीले गाँज्यो भने?

लगभग हरेक विज्ञले चेतावनी दिइरहेका छन्: अर्को महामारीको खतराहरू वास्तविक र गम्भीर छन्।

समयमै अमेरिकी प्रशासनले महामारी नियन्त्रणका लागि पर्याप्त तयारी नगरेकोबारे वासिङ्टन पोस्टले सम्पादकीय प्रकाशित गरेको हो।