अमेरिका, कि त युद्ध सिर्जना गर्दैछ वा युद्धले छोडेको घाउमा नुन छर्दैछ
2022-08-31 16:39:15CRI
Share with:

अमेरिकी सेना अफ्गानिस्तानबाट सैनिक फिर्ता भएको हालसम्ममा ठ्याक्कै एक वर्ष भइसकेको छ, तर अमेरिकाले अफ्गानिस्तानमा च्यातेको ठूलो घाउमा अझै रगत बगिरहेको छ। संयुक्त राष्ट्र संघीय मानवीय मामिला समन्वय कार्यालयले हाल सार्वजनिक गरेको तथ्याङ्क अनुसार, २ करोड ५० लाख अफ्गानिस्तानी गरिबीमा परेका छन् भने ३० लाख अफ्गानिस्तानी बच्चा विद्यालय छोड्न बाध्य छन्। संयुक्त राष्ट्र संघको अफ्गानिस्तान सहायता मिशनको प्रतिवेदनका अनुसार, अभूतपूर्व राष्ट्रिय र्थिक, बैङ्किङ मन्दीले अफ्गानिस्तानको मानवीय संकटला बढाएको छ। गत जुन १५ तारिखसम्म कम्तिमा ५९ प्रतिशत अफ्गानिस्तानीला मानवीय सहायता चाहिएको छ जुन अंक सन् २०२१को सुरूमा देखिएकोभन्दा ६० लाखले बढेको छ। ती सबै अवस्थाको जिम्मेवारी अमेरिकाले लिनुपर्छ। हाल सीजीटीएनले विश्वका २४ वटा मुलुकमा गरेको जनमत अनुसार, लगभग ८० प्रतिशत उत्तरदाताको विचारमा अफ्गानिस्तान युद्ध अमेरिकाको पूर्ण विफलता हो।

 

अफ्गानिस्तानबाट सैनिक फिर्ता गरेको एक वर्षमा अमेरिकाले के गरेको छ त? अमेरिकाले एक मुलुक र सो मुलुकका जनताको भविष्य बर्बाद पार्नुका साथै अफ्गानिस्तानीले जीवन चलाउने थोरै पैसा पनि फ्नो हातमा ल्याएको छ। अमेरिकाले अफ्गानिस्तानमाथि नाकाबन्दी लगाएर अफ्गानिस्तान केन्द्रिय बैङ्कको ठूलो विदेशी सम्पत्ति फ्रिज गरेको छ जसबाट अफ्गानिस्तानमा विदेशी मुद्रा अभाव, मुद्रास्फीतिलगायत नकारात्मक अवस्था देखिएको छ भने सर्वसाधारणको जीवन अझै गाह्रो भएको छ। यो त अफ्गानिस्तानको घाउमा नुन छरेजस्तै हो।

 

अफ्गानिस्तानबाट सैनिक फिर्ता लिएपछि अमेरिकाले युद्ध चलाउने चलन छोडेको छ कि? अवश्य छैन। गत साता अमेरिकी सेनाले सिरियाला फेरि एक पटक हवाइ आक्रमण गरी सिरियाको सार्वभमिकता र भगोलिक अखण्डतामाथि अतिक्रमण गरिरहेको छ। यसबाहेक अमेरिकाले सिरियाला कठोर र्थिक प्रतिबन्ध लगाएको छ जसबाट सिरियाली जनताको धारभूत दैनिक वश्यकता पनि चल्न सकेको छैन भने र्थिक विकास तथा पुनःनिर्माण प्रकृयासमक्ष विभिन्न ठूला कठिनाइँ देखा परेका छन्। हालसम्म अमेरिकी सेनाले सिरियामा तेल, प्राकृतिक ग्याँसलगायत राष्ट्रिय स्रोतको नियन्त्रण गरिरहेको छ। अमेरिकाले सिरियाको मुख्य तेल उत्पादन क्षेत्र कब्जा गरी सिरियाका ८० प्रतिशतभन्दा बढी तेल लुटेको छ साथै सिरियाको अनाज स्टकला तस्करी वा जलाउने काम गरेको छ यसबाट स्थानीय मानवीय संकट झनै भयंकर भएको छ। सन् २०११ मा सिरिया युद्ध सुरू भएदेखि गत जुन महिनासम्म अमेरिकाले सिरिया संकटमा संलग्न भएर सिरियामा रंग क्रान्ति चलाउन खोजेको थियो त्यसपछि अमेरिकाले सिरियामा विभिन्न सैन्य हस्तक्षेप गरेको छ त्यसबाट सिरियामा ठूलो मात्राको हताहती र भतिक क्षति भएको छ साथै १ करोड २० लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। यसबाहेक सिरियामा अमेरिकाले अवैधानिक रूपमा तैनाथ गरेको सेना, तंकवादी संगठन, अमेरिका समर्थित विपक्षी सशस्त्र दल “सिरिया प्रजातन्त्र सेना” लगायत समूहले सिरियामा चोरी, तोडफोड आदि अवैध गतिविधिहरू गरेबाट सिरियाको तेल, प्राकृतिक ग्याँस, खनिज लगायत क्षेत्रमा १ खर्ब ७ अर्ब १० करोड अमेरिकी डलर क्षति भएको छ।

 

अमेरिका, एक रोक्न नसकिने युद्ध यन्त्र हो जुन कि त युद्ध सिर्जना गर्दैछ वा युद्धले छोडेको घाउमा नुन छर्दैछ।