चीनको अन्तर्राष्ट्रिय सेवा व्यापार एक्स्पो पछिल्लो दश वर्षको चीनको सेवा व्यापारको तीव्र विकासको साक्षी
2022-08-31 09:59:15cri
Share with:

अगष्ट ३१ तारिखदेखि सेप्टेम्बर ५ तारिखसम्म सन् २०२२ चीनको अन्तर्राष्ट्रिय सेवा व्यापार एक्स्पो पैचिङमा आयोजना हुँदैछ। सेवा व्यापार एक्स्पो विश्वको सेवा व्यापार क्षेत्रको सबैभन्दा ठूलो परिमाणको प्रदर्शन मेला हो। चालू वर्ष सेवा व्यापार एक्स्पो आयोजना भएको दश वर्ष पुगेको छ। ७१ वटा मुलुक तथा अन्तर्राष्ट्रिय संगठनहरूले उक्त एक्स्पोमा सहभागी जनाएका छन्। साथै चीनको अन्तर्राष्ट्रिय सेवा व्यापार एक्स्पो पछिल्लो दश वर्षको चीनको सेवा व्यापारको तीव्र विकासको साक्षी पनि बनेको छ।

दश वर्षयता चीनको सेवा व्यापारको परिमाणमा निरन्तर रुपमा विस्तार भएको छ। चीनको सेवा व्यापार लगातार आठ वर्षदेखि विश्वको दोस्रो स्थानमा रहेको छ।

चीनको अन्तर्राष्ट्रिय सेवा व्यापार एक्स्पोको स्थापना भएयता चीनको सेवा व्यवसायको “विदेश निर्यात” लाई अगाडि बढाइएको छ। चीनको अन्तर्राष्ट्रिय सेवा व्यापार एक्स्पोले चीनको सेवा व्यवसायको अन्तर्राष्ट्रिय प्रतिस्पर्धात्मक शक्तिलाई माथि उकासेको छ। साथै चीनले विदेशको उत्तम सेवालाई पनि भित्र्याएको छ।