चीनका राष्ट्राध्यक्ष सी चिनफिङबाट सामोआका नव राष्ट्रनायकलाई शुभकामना पठाइएको
2022-09-01 15:09:39CRI
Share with:

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले अगष्ट ३१ तारिख टुइमलेअलि इफानो भाअलेटोआ सुअलाउवी दुईलाई बधाई सन्देश पठाउँदै सामोआका राष्ट्रनायकमा पुन: निर्वाचित हुनुभएकोमा शुभकामना व्यक्त गर्नुभएको छ। 

राष्ट्राध्यक्ष सीका अनुसार, चीन र सामोआ एक आपसलाई सम्मान गर्ने र साझा विकास गर्ने चौतर्फि रणनीतिक साझेदारी हुन्। दौत्य सम्बन्ध स्थापनादेखि दुई देशको सम्बन्ध विकसित भएर साझा हितलाई बढाएको छ। उहाँले दुई देशको सम्बन्धको विकासमाथि उच्च महत्व दिँदै आपसी राजनीतिक विश्वास र विभिन्न क्षेत्रीय मैत्रिपूर्ण आदानप्रदान तथा सहयोगलाई बढाएर दुई देश र जनतालाई फाइदा पुर्याउने इच्छा राख्नुभएको छ।