मानव भाग्य एकरूपताको स्थापना गरी साझा जीतलाई साकार तुल्याउने
2022-09-01 15:07:42cri
Share with:

सन् १९४५ सेप्टेम्बर ३ तारिख चिनियाँ जनताले १४ वर्ष लामो युद्धपछि जापानविरूद्धको युद्धमा विजय प्राप्त गरी विश्व फासिस्टविरूद्धको युद्धमा पूर्ण विजय प्राप्त गरेको घोषणा गरेको थियो। 

७७ वर्ष पछिको वर्तमान समयमा पनि शान्ति र विकास मानवजातिको अपरिवर्तनीय खोज हो। विश्वसमक्ष सयौँ वर्षयता नदेखिएको डामाडोल अवस्था रहनुकासाथै धेरै चुनौती छन्। कसरी शान्तिको संरक्षण गर्ने, कसरी मानवजातिको संयुक्त विकासलाई अघि बढाउने विभिन्न मुलुकसमक्ष खडा भएका विषयहरू हुन्। 

यी विषयमा चीनले दिएको जवाफ भनेको मानव भाग्य एकरूपताको स्थापना गर्ने र साझा जीतलाई साकार तुल्याउने हो। यस विचार प्रस्तुत गरिएको ९ वर्षयता, चीनले सक्रिय रूपमा संयुक्त राष्ट्र संघको शान्ति संरक्षण कार्वाहीमा सहभागी भएर विश्वव्यापी सम्मान, आपसी परामर्श गर्ने साझेदारी सम्बन्धको स्थापना गर्दै आएको छ र धेरै बेल्ट एण्ट रोड परियोजनाहरूबाट विभिन्न मुलुकले उपलब्धि हासिल गरेको छ। 

मानव भाग्य एकरूपताको विचार निरन्तर रूपमा विश्वका विभिन्न मुलुकका जनताको मनमा प्रवेश भएको छ। यस प्रस्तावला धेरै पटक संयुक्त राष्ट्र संघको दस्तावेजमा उल्लेख गरेको छ र यसको अर्थ र मूल्य देखाइएको छ।