जहाँ "अमेरिकी लोकतन्त्र" ले हात हाल्छ, त्यो विनाश हुन्छ
2022-09-02 15:45:38cri
Share with:

एक वर्षअघि अगष्ट २९ तारिख अफ्गानिस्तानबाट पूर्ण रूपमा फिर्ता भएको दिन अमेरिकी सेनाले चरमपन्थी संगठनमाथि प्रहारको निहुँमा गराएको हवाई आक्रमणमा ७ बच्चा लगायत १० जना नागरिकलाई मारिदिएका थिए। एक वर्षपछि त्यही दिन इराकको राजधानी बगदादमा गराइएको गम्भीर द्वन्द्वमा कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी घाइते भएका छन्। न्युयोर्क टाइम्सले यो इराकको लागि अझ खतरनाक चरणको सुरुवात हुनसक्ने बताएको छ। वास्तविकताबाट प्रमाणित हुन्छ कि जहाँ "अमेरिकी लोकतन्त्र" ले हात हाल्छ, त्यो विनाश हुन्छ।

 

सन् २००५ मा इराकले  "अमेरिकी लोकतन्त्र" निर्वाचनको आयोजना गरेदेखि मन्त्रिपरिषद्को गठन सफल भएको छैन। स्रोतमा फर्केर हेर्दा इराकमा अशान्तिको सुरुवातकर्ता संयुक्त राज्य अमेरिका हो। सन् २००३ मा अमेरिकाले इराक युद्ध सिर्जना गर्न थालेको थियो भने युद्धपछि इराकमा जबरजस्ती "अमेरिकी शैलीको लोकतन्त्र" प्रत्यारोपण गर्यो। लगभग २० वर्षको अभ्यासबाट तथाकथित "अमेरिकी शैलीको लोकतन्त्र"ले इराकलाई ध्वस्त पारेको देखिन्छ। बीस वर्ष भइसक्यो भने मध्य पूर्वी क्षेत्रमा लगभग दशौं लाख निर्दोषको ज्यान "अमेरिकी शैलीको लोकतन्त्र"बाट गएको छ। अन्तर्राष्ट्रिय समुदायले मध्यपूर्वमा अमेरिकाले गरेको अपराधको हिसाब गर्नुपर्छ र पीडितहरूलाई न्याय दिनुपर्छ।