शनचौ -१४ का अन्तरिक्ष यात्रीद्वारा क्याबिन बाहिरका सबै कार्य पूरा
2022-09-02 10:18:30CRI
Share with:

चीन मानव अन्तरिक्ष इन्जिनियरिङ कार्यालयका अनुसार, पैचिङ समय अनुसार सन् २०२२ सेप्टम्बर १ बेलुकी ६ बजेर २६ मिनेट जाँदा, चिनियाँ अन्तरिक्ष यात्री छन तोङ सफलतापूर्वक प्रयोगात्मक क्याबिनको एयरलकबाट बाहिर निस्केका छन्। ७ बजेर ९ मिनेट जाँदा, अन्तरिक्ष यात्री छन तोङ र लिउ याङ दुवै सफलतापूर्वक क्याप्सुलबाट बाहिर निस्किएका छन्।

सेप्टम्बर २ तारिख ००:३३ मिनेट जाँदा, दुई अन्तरिक्ष यात्रीहरूले ६ घण्टासम्मको निर्धारित कार्यहरू पूरा गरेका छन्। यस बीचमा, अन्तरिक्ष यात्री छाइ स्युचले कोर केबिनमा बसेर उनीहरूको कामलाई सहयोग र समर्थन गरेका छन्।

यो चिनियाँ अन्तरिक्ष यात्रीहरूले प्रयोगात्मक क्याबिन एयरलकबाट बाहिरी गतिविधिहरू गरेको पहिलो पटक हो।