सांस्कृतिक आदानप्रदानबाट चिनियाँ र नेपाली जनताको मन जोडिएको
2022-09-02 16:17:28cri
Share with:

हजारौँ वर्षपछि राजकुमारी भृकुटी आधुनिक पैचिङमा आएर घुम्दै सुविधाजनक आधुनिक जीवनको अनुभव गर्नुका साथै नेपालसित सम्बन्धित कुरा खोजिरहनुभएको छ। यो नेपाली सेवाबाट बनाइएको भिडियो “नेपाली राजकुमारीको समय यात्रा” को दृश्य हो। भिडियोमा भृकुटी पुरातन पुस्तकमा उल्लेख गरिएको मानिस होइन, चीन र नेपालबीच प्राचीन तथा वर्तमान समय जोड्ने र निरन्तर रूपमा मित्रतालाई अगाडि बढाउने सांस्कृतिक प्रतीक बनेको छ। यो भिडियो नेपालको टेलिभिजनमा प्रसारण भएपछि चीनका लागि भूतपूर्व राजदूत लीलामणि पौडेलले धेरै रचनात्मक भएको मूल्याङकन गर्नुभएको छ।

साथसाथै केही दिनअघि नेपाली चलचित्र प्रदर्शन अर्थात् नृत्य भिडियो चलचित्र सहयोग मञ्च पैचिङमा आयोजना भएको थियो। चीन र नेपालले चलचित्र ‘राजकुमारी भृकुटी’को संयुक्त निर्माण गर्ने आशय पत्रमा हस्ताक्षर गरेको छ। निकट भविष्यमा, हजारौँ वर्षअघिको भृकुटी फेरि देखिने छ।

चीन र नेपालको सांस्कृतिक आदानप्रदानमा समृद्ध ऐतिहासिक पृष्ठभूमि मात्र नभई नयाँ युगको विशेषता पनि देखाइएको छ।

नेपाली चलचित्र प्रदर्शनमा पछिल्लो चलचित्र “राधाको रहस्य” प्रदर्शन गरिएको छ। जसले नेपाली सर्वसाधारणको गाउने र नाच्ने सांस्कृतिक आकर्षण देखाउनुका साथै यो चलचित्रको विचारशील अभिव्यक्तिले चिनियाँ दर्शकले नेपाली जनताको मूल्य मान्यताबारे अझ गहिरो रूपमा बुझ्न पाएका छन्।

चलचित्र मात्र होइन। पैचिङमा दुई देशको मित्रताको अर्को प्रतीक अर्थात् सेतो स्तूप मन्दिर चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार मेलामा ज्यादै आकर्षकको विषय बनेको छ। ७०० वर्षभन्दा बढी इतिहास बोकेको सेतो स्तूप अनुसार बनाइएका चित्र, टी-शर्ट र ब्याजलगायत फेसनदार सांस्कृतिक तथा रचनात्मक उत्पादनहरूले युवा चिनियाँहरूको ध्यान आकर्षित गरिरहेका छन्। सेतो स्तूपले नयाँ र फेसनको तरिकामार्फत् चीन र नेपालको मैत्रिपूर्ण परम्पराको उतराधिकार बनेको छ।

सन् २०१९ अक्टोबरमा चीनका राष्ट्राध्यक्ष सी चिनफिङले नेपालको भ्रमण क्रममा तत्कालीन प्रधानमन्त्री ओलीसँगै कन्फ्युसियस इन्स्टिच्युटको मुख्यालय र नेपालको त्रिभुवन विश्वविद्यालयबीच "नेपाली त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस इन्स्टिच्युटको सहकार्य स्थापनासम्बन्धी सम्झौता" मा हस्ताक्षर गर्नुभएको थियो। सन् २०२२ अगष्ट १६ तारिख  त्रिभुवन विश्वविद्यालयको कन्फ्युसियस इन्स्टिच्युट औपचारिक उद्घाटन  भएको थियो। जसबाट चिनियाँ र नेपाली सभ्यता र संस्कृतिको आदानप्रदानमा नयाँ मञ्च थपिएको छ।

फैलिएको महामारीले चीन र नेपालबीचको सामान्य आदानप्रदानमा केही प्रभाव ल्याए तापनि दुई देशबीचको युगौँयुग मैत्रीपूर्ण इतिहासले जनतालाई निरन्तर पोषण दिएको छ। जसले हाम्रो मन र भावना जोडेको छ। मान्छेहरूले विभिन्न क्षेत्रमा दुई देशको मैत्रिपूर्ण इतिहासको अर्थलाई निरन्तर रूपमा खोजेर यी बहुमूल्य ऐतिहासिक सम्पदाहरूलाई नयाँ युगमा पुनर्जन्म गराइरहेका छन्।