विश्व अर्थतन्त्र ह्रासको जोखिम सामनामा सहाकार्य
2022-09-05 18:37:37CRI
Share with:

सेप्टेम्बर ५ तारिख सन् २०२२ चीनको अन्तर्राष्ट्रिय सेवा व्यापार एक्स्पो पैचिङमा सम्पन्न भएको छ। इन्डोनेशियाको अन्तर्राष्ट्रिय रणनीति अध्ययन केन्द्रअन्तर्गत चीन समस्या अध्ययन विभागका अध्ययनकर्ता तझिन सुसानाले विश्व अर्थतन्त्र ह्रासको जोखिमको सामना गर्न सहकार्य गर्नेसम्बन्धी लेख लेख्नुभएको छ। उहाँले विश्व अर्थतन्त्र ह्रासको जोखिमको सामना गर्न सहकार्य गर्ने महत्वपूर्ण अर्थमा जोड दिनुभयो।

सन् २००८ मा पैचिङ ओलम्पिक खेलकुदअघि वायु प्रदूषण समस्याको समाधान गर्न १ करोड टनको वार्षिक उत्पादित मात्राको शौकाङ समूहले उत्पादन रोकेको र सरकारको निर्देशनमा रुपान्तरण गरेको थियो। हाल सन् १९१९ मा निर्माण गरिएको विशाल स्टिल कारखानाको पुरानो स्थलमा हरित पार्क, विविध कसरत प्रबन्ध, वाणिज्य भवन, आधुनिक अफिस देख्न पाइन्छ। चालु वर्ष चीनको राष्ट्रिय सेवा व्यापार एक्स्पोले शौकाङ पार्कलाई आयोजना स्थलको रुपमा छानेको कुराबाट आयोजकले विभिन्न पक्षसँग सहकार्य गर्ने अठोट देखिएको छ।

अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व व्यापार संगठनले चालु वर्षको आर्थिक बृद्धि अनुमानलाई घटाएर ३.२ प्रतिशत पुगेको तर सामान व्यापारको बृद्धि अनुमान ३ प्रतिशत निश्चित गरेका छन्। सेवा व्यापार सधैं नै आशावादी भविष्य रहेको मानिन्छ।

चीनका राष्ट्राध्यक्ष सी चिनफिङले चालु वर्षको सेवा व्यापार एक्स्पोलाई बधाई सन्देश दिँदै चीनले विभिन्नको विभिन्न मुलुकसँग मिलेर विश्व अर्थतन्त्रको पुनरुत्थान र विकासका लागि शक्ति थप्ने आशा लिएको बताउनुभयो।