चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार एक्स्पोले के कस्ता अवसरहरू ल्यायो?
2022-09-05 14:25:42cri
Share with:

सन् २०२२ चिनियाँ अन्तर्राष्ट्रिय सेवा व्यापार एक्स्पो आज ५ तारिखसम्म पैचिङमा आयोजना हुँदैछ। मेलामा विभिन्न मुलुकका विशेषतायुक्त उत्पादन, प्राविधिक सामग्री, डिजिटल सेवा प्रशस्त देखिन्छन्। यस पटकको सेवा व्यापार एक्स्पोले के कस्ता नयाँ मौका सिर्जना गरेको छ त? विदेशी साथीहरूले यस्तो भनेका छन्…… 

पाकिस्तानका गहना व्यापारी ली लौङ पहिलो पटक सेवा व्यापारमा सहभागी भएका छन्। उनका अनुसार, सेवा व्यापार एक्स्पो एउटा ठूलो प्रदर्शनी भएबाट गहना आदि वस्तु प्रदर्शन गर्ने र आदानप्रदान गर्ने एउटा राम्रो चौतारो भएको छ। 

श्रीलंकाली आनता दोस्रो पटक सेवा व्यापार एक्स्पोमा सहभागी भएका छन्। सेवा व्यापार एक्स्पोबाट आनताले चीनमा विशाल विकसित मौका देखेका छन्। एक्स्पोमा धेरै ग्राहकले उनीसँग मिलेर सँगै व्यापार गर्ने इच्छा व्यक्त गरेका छन्। उनका अनुसार, भविष्यमा उनले अझ बढी श्रीलंकाली व्यापारीला चीनमा व्यापार गर्न सहयोग गर्ने छन्।