चीन अन्तर्राष्ट्रिय सेवा व्यापार मेलामा प्रदर्शित गुणस्तरीय विदेशी मालसामानहरु
2022-09-05 10:08:57cri
Share with:

 

अगष्ट ३१ तारिखदेखि पैचिङमा सुरू भएको चीन अन्तर्राष्ट्रिय सेवा व्यापार मेला सेप्टेम्बर ५ तारिखसम्म आयोजना हुनेछ। सो मेलामा प्रदर्शित विभिन्न देश र क्षेत्रका विशेष सामानहरुले दर्शकहरुलाई आकर्षण गरेका छन्।

 

यस पटकको चीन अन्तर्राष्ट्रिय सेवा व्यापार मेलामा जापानी स्टलमा सौन्दर्य प्रशोधन सामग्री, पेयपदार्थ र खानेकुराहरु राखिएका छन्। फिलिपिन्सको स्टलमा ड्राई फ्रुट्सको प्रदर्शन गरिएको छ। पाकिस्तानको स्टलमा रङ्गीचङ्गी गलैँचा चर्चित विषय बनेको छ। श्रीलंकाको स्टलमा कालो चियाको प्रदर्शन गरिएको छ। चीन अन्तर्राष्ट्रिय सेवा व्यापार मेलाले सेवा व्यापारका लागि एउटा मञ्च प्रदान गर्नुका साथै देश देश बीच सांस्कृतिक आदान प्रदान गर्ने पुलको निर्माण गरेको छ।