अमेरिकी जासूसी संस्था विश्वको सबैभन्दा ठूलो "ह्याकर" नेटवर्क
2022-09-05 21:01:05CRI
Share with:

विश्वको सबैभन्दा ठूलो "ह्याकर" नेटवर्क कुन हो? सेप्टेम्बर ५ मा चीनको राष्ट्रिय कम्प्युटर भाइरस आपतकालीन प्रतिक्रिया केन्द्र र कम्प्युटर भाइरस प्रतिरोध कम्पनी ३६० ले बेग्ला बेग्लै रूपमा चीनको उत्तर-पश्चिमी पोलिटेक्निकल विश्वविद्मालयलक्षित विदेशी साइबर आक्रमण अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेको छ।

अमेरिकी राष्ट्रिय सुरक्षा ब्युरो (एनएसए) अन्तर्गतको स्पेशल इन्ट्रुजन अपरेशन अफिस (टाउ) ले चीनको उत्तर-पश्चिमी पोलिटेक्निकल विश्वविद्मालयलक्षित क्रमिक ४१ किसिमका विशेष नेटवर्क आक्रमण ‘हतियार’ प्रयोग गरेर हजारौं पटक हमला गरेको छ। ती गतिविधिहरूबाट मुख्य प्राविधिक डाटा चोरेको छ। सो प्रतिवेदनबाट के देखाइएको छ भने वर्षौंदेखि, टाउले प्रमुख चिनियाँ उद्यमहरू, सरकारी संस्थाहरू, विश्वविद्यालयहरू, चिकित्सा संस्थाहरू, वैज्ञानिक अनुसन्धान केन्द्र लगायतका संस्थाहरूलाई लक्षित गरी गोप्य ह्याकिङ आक्रमणहरूमार्फत् उच्च-मूल्य भएका डाटा चोरी गरेको शंका छ। साथै सो अमेरिकी एजेन्सीले चीनमा मोबाइलफोन प्रयोगकर्ताहरूको भ्वाइस मेसेजको पनि सुनुवाई गरिरहेको छ जसबाट अवैध रूपमा टेक्स्टहरू चोरेको साथै वायरलेस पोजिसनिङ पनि सञ्चालन गरेको छ। ती प्रमाणहरूबाट के देखाइएको छ भने साइबरस्पेसमा अमेरिकी सुरक्षा ब्युरोले ठूलो मात्रामा घृणित कार्यहरू गरिरहेको छ।

वास्तवमा, खुलासा गरिएको जानकारीअनुसार, चीनलाई मात्रै निशाना बनाएको होइन, अमेरिकाको कालो हात विश्वभर फैलिएको छ र तीमध्ये डेनमार्क, जर्मनी र फ्रान्सलगायत अमेरिकाको संगाती मुलुक पनि सिकार बनेका छन्। चोरलाई पक्रने अमेरिका आफैँ विश्वको सबैभन्दा ठूलो साइबर "ह्याकर" भएको कुरामा शंका छैन।

ठूलो मात्राको प्रमाणबाट प्रमाणित गरिसकेको छ कि अमेरिका एक वास्तविक म्याट्रिक्स साम्राज्य, निगरानीको साम्राज्य र गोप्य कुरा चोर्ने साम्राज्य हो। साइबर प्रभुत्वबाट "निरपेक्ष सुरक्षा" ल्याउन सकिँदैन र चोरले चोरलाई पक्रन चिच्याएबाट तिनीहरूका अपराधहरूलाई अझ स्पष्ट हुने गर्छ। विश्वमा सबै शान्तिप्रेमी देशहरूले अमेरिकी साइबर प्रभुत्वको दृढतापूर्वक विरोध गर्दै विश्वलाई सफा स्पेस फिर्ता गर्न संयुक्त रूपमा कदम चाल्नुपर्छ।