सीएमजी औपचारिक रूपमा सन् २०२४ पेरिस ओलम्पिक खेलकुदको अन्तर्राष्ट्रिय सार्वजनिक रेडियो प्रसारणको निर्माण संस्था
2022-09-06 10:27:47cri
Share with:

 

 

चाइना मिडिया ग्रुप (सीएमजी) र ओलम्पिक रिले प्रसारण सेवा कम्पनी (ओबीएस) बीच सेप्टेम्बर ५ तारिख सन् २०२४ पेरिस ओलम्पिक खेलकुदको अन्तर्राष्ट्रिय सार्वजनिक रेडियो प्रसारण निर्माण सम्बन्धी सहयोगात्मक सम्झौता सम्पन्न भएको छ। योसँगै चाइना मिडिया ग्रुप औपचारिक रूपमा पेरिस ओलम्पिक खेलकुदको अन्तर्राष्ट्रिय सार्वजनिक रेडियो प्रसारणको निर्माण संस्था बनेको छ। सो सम्झौता अनुसार, चाइना मिडिया ग्रुप सीएमजीले सन् २०२४ पेरिस ओलम्पिक खेलकुदका जिम्न्यास्टिक, टेबुल टेनिस, टेनिस र चट्टान आरोहण यी चार प्रकारका प्रतियोगिताको अन्तर्राष्ट्रिय सार्वजनिक रेडियो प्रसारणको निर्माण कार्य बहन गर्ने छ। साथै चाइना मिडिया ग्रुप पेरिस ओलम्पिक खेलकुदमा सबैभन्दा बढी सार्वजनिक रेडियो प्रसारणको निर्माण परियोजना बहन गर्ने राष्ट्रिय स्टेशन पनि बन्ने छ।

चाइना मिडिया ग्रुपका महानिर्देशक शन हाइ स्योङ र ओलम्पिक रिले प्रसारण सेवा कम्पनीका सीईओ अनिस एक्सार्क्स अनलाइनमार्फत भएको हस्ताक्षर समारोहमा उपस्थित रहनुभएको थियो।

 

अन्तर्राष्ट्रिय ओलम्पिक समितिका अध्यक्ष थोमस बाखले शुभकामना सन्देश पठाउँदै चाइना मिडिया ग्रुप औपचारिक रूपमा पेरिस ओलम्पिक खेलकुदको अन्तर्राष्ट्रिय सार्वजनिक रेडियो प्रसारणको निर्माण संस्था बनेकोमा बधाई ज्ञापन गर्नुभएको छ।