#अल्पसंख्यक जाति# घाँसे मैदानमा ह्वी जातीय “मानपा”
2022-09-06 09:20:19cri
Share with:

चिनियाँ अल्पसंख्यक जातिहरूको बसोबास क्षेत्रमा यस्ता मान्छेहरू छन्। यिनीहरू स्थानीय सर्वसाधारणको स्वस्थ्यका लागि मेहनतका साथ काम गर्दछन्। यिनीहरू “सबैभन्दा सुन्दर चिकित्सक” मानिएका छन्। घाँसे मैदानमा “मानपा”भनिएको ह्वी जातीय चिकित्सकको कथा सुनाउँछु।

 

मानपा तिब्बती भाषामा चिकित्सकको अर्थ हो। चीनको उत्तर पश्चिमी भागको छिङ हाई प्रान्तको ह्वाङ नान तिब्बत स्वशासित क्षेत्र मातहतको चखु जिल्लाको जन अस्पतालका प्रमुख अर्थात् मा वन यी यस्तो मानपा हुनुहुन्छ। उहाँ ह्वी जातीय भए तापनि राम्ररी तिब्बती भाषा बोल्नुहुन्छ। मा वन यी स्थानीय पशुपालकबाट मन पराइएका व्यक्ति हुनुहुन्छ। धेरै पशुपालकहरूले आफ्नो मोबाइल फोनमा उहाँको फोन नम्बर सुरक्षित गर्दा “मानपा मा”को नाम भनेर लेखेका छन्।

२० औँ शताब्दीको ९० को दशकमा चिकित्सा प्रतिष्ठानबाट स्नातक भएपछि मा वन यीले चखु जिल्लाको जन अस्पतालमा काम गर्न थाल्नुभएको थियो। त्यहाँ सरदर उचाइ ३७०० मिटर हुनुका साथै वार्षिक सरदर तापक्रम माइनस २.४ डिग्री छ। प्राकृतिक वातावरण निकै खराब रहे तापनि उहाँले त्यहाँ २७ वर्षदेखि मिहिनेतसँग काम गर्दै आउनुभएको छ।

चिकित्सक मा वन यीको आँखामा बिरामीको हैसियत, धनी-गरीब र जातिको भिन्नता छैन। उहाँको नेतृत्वमा उच्च जोखिम गर्भवती केन्द्र र छाती दुखाइ केन्द्रको स्थापना भए। जसले चखु जिल्लामा चिकित्सा र स्वास्थ्य प्रविधिका धेरै खाली ठाउँहरू भरिएको छ।

केही वर्षमा चखु जिल्लाको चिकित्सा स्तरमा ठूलो सुधार हुँदैछ। केही वर्षअघि स्थानीय जन अस्पतालमा चिकित्सा क्षेत्र ३७०० वर्ग मिटर मात्र थियो। हाल नयाँ ठाउँमा सारेपछि अस्पतालको क्षेत्रफल १०५८० वर्गमिटरसम्म बढेको छ। साथै आकस्मिक केन्द्र र पुनःस्वास्थ्य केन्द्रको निर्माणसँगै अस्पतालको क्षेत्रफल २० हजार वर्ग मिटरभन्दा बढीमा विस्तार गर्नेछ।

 "हाल धेरै गम्भीर बिरामीहरू स्थानीय रूपमा चिकित्सा लिनसक्छन् र शल्यक्रिया गरेर चिकित्सा खर्च वहन गर्न नसक्ने बिरामी छैनन्।" मा वन यीले स्थानीय परिवर्तनबारे यसरी आश्चर्य प्रकट गर्नुभयो।

 उहाँले त्यहाँको घाँसेमैदानको निकै माया गरेको भन्दै जीवनभरि घाँसेमैदानका बासिन्दाहरूको स्वास्थ्य संरक्षण गर्न आफू इच्छुक रहेको पनि बताउनुभएको छ।

गत अगष्ट १९ तारिख पाँचौँ चिनियाँ चिकित्सक दिवस हो। यस अवसरमा चिकित्सक मा वन यी लाई “सन् २०२२ को सबैभन्दा सुन्दर चिकित्सक” को सूचिमा मनोनित गरिएको छ।