चिनियाँ सैनिकले प्रकोपलाई कुल्चिएर मानिसलाई काँधमा बोकेका छन्
2022-09-06 18:58:30cri
Share with:

सेप्टेम्बर ५ तारिख चिनियाँ सछ्वान प्रान्तीय लुडिङजिल्लामा ६.८ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्पपछि बाढी र पहिरो पनि एकपछि अर्को प्रकोप देखिएका छन् । धेरै ठाउँमा सडक अवरुद्ध भएका छन्। उद्धार गर्ने सैनिकहरूले तुरुन्तै काठको पुल बनाउनुका साथै स्थानीय सामग्रीबाट काठको स्ट्रेचर बनाएर घाइते मान्छेलाई छुट्टा-छुट्टै रूपमा सुरक्षित स्थानमा पुर्याएका छन्।

तस्बिरहरूले जनतालाई उद्धार गर्ने फोटोहरू हेरेर नेटिजनले यस्तो कमेन्ट गरेका छन्: " सुन्तला-रातो रङको लुगा फेरि देखिएका छन्। महामारीसँग लड्ने तिमीहरू नै हौ। बाढीको विरोध गर्ने तिमीहरू नै हौ। आगोबाट उद्धार गर्ने तिमीहरू नै। प्रकोपको उद्धारमा पनि तिमीहरू नै।"

सन् २०१५ मा नेपालमा भयंकर भूकम्प गएको बेलामा चिनियाँ सैनिकहरू पनि तुरुन्तै नेपाल पुगेर नेपाली दाजुभाइहरूलाई सहयोग गरेका थिए। चीनको चौतर्फी सहयोगले नेपालमा ठूलो प्रभाव पारेको छ र संयुक्त राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय संस्था, नेपालका स्थानीय अधिकारी र सर्वसाधारणबाट उच्च सम्मान पाएका छन्।

चिनियाँ सैनिकले प्रकोपलाई कुल्चिएर मानिसलाई काँधमा बोकेका छन्। चाहे त्यो चीनमा होस्, वा मित्रराष्ट्र नेपालमा। चिनियाँ सेना र जनतासँग मिलेर सबै कठिनाइ जित्न सक्ने विश्वास छ।