सन् १९८५ को जुन महिनामा सी चिनफिङले हपै प्रान्तको चङतिङ जिल्लाबाट विदा भएर दक्षिण पूर्वी चीनको फुच्यान प्रान्तमा काम थाल्नुभएको थियो। उहाँले फुच्यानमा साढे १७ वर्षसम्म काम गरेर निरन्तर रूपमा स्यामन सहर, निङत क्षेत्र, सदरमुकाम फुचौ र प्रान्तीय सरकारको कामकाज सम्हाल्नुभएको थियो।
फुच्यान चीनले सुधार र खुलापन थालेको अग्रपंक्तिको क्षेत्र हो। यहाँ धेरै विकास मौकाका साथै धेरै समस्या भेटिएको थियो। फुच्यानमा काम गर्दा सी चिनफिङले जनताको जीवन स्तरमा सुधार ल्याउने, राष्ट्रिय व्यवसाय व्यवस्थापनको परिवर्तन गर्ने, बाह्य खुलापन गर्ने आदि क्षेत्रमा धेरै सिर्जनात्मक सुधार नेतृत्व गर्नुभएको थियो। उहाँले प्रस्तुत गर्नुभएको ‘डिजिटल फुच्यान’ विचारले फुच्यानलाई सारा चीनमा पहिलो विकसित पङक्तिमा उभ्याएको छ। सन् २००२ देखि नै फुच्यानका जनताले घरमै बसेर पानी र बत्तीको पैसा तिर्ने सुविधा पाएका थिए। सी चिनफिङले नेतृत्व गर्नुभएको जङगल अधिकार व्यवस्थाको सुधारले फुच्यानका पहाड र नदी हरित खजाना घर बनेको छ।