शरीर र डोरीद्वारा “जीवन पुल” को निर्माण
2022-09-06 15:16:26CRI
Share with:

सछ्वान प्रान्तको कान च जिल्लाका विशेष प्रहरी फौजले सेप्टेम्बर ५ तारिख भूकम्पग्रस्त स्थल पुगे लगत्तै यातायात विच्छेदको कठिन समस्याको समाधान गर्न कोशिश गरेका छन्।

सबैभन्दा छिटो समयमा प्रकोपग्रस्त स्थल पुग्नका लागि उनीहरूले नजिकको साँघुरो बाटोबाट सानो नदी पार गर्ने निर्णय गरेका थिए। सिपाहीँहरूले आफ्ना जीउ र डोरीमार्फत पुल बनाएर सानो नदी पार गरी प्रकोपपिडीतको ज्यान जोगाउने उद्धार मार्ग खोलेका छन्।

विशेष प्रहरी फौजले अघिपछि गरी भूकम्पग्रस्त क्षेत्रका ९०० भन्दा बढी बासिन्दालाई सफलताका साथ उद्धार गरेको छ। हाल उद्धार कार्य जारी छ।