सी चिनफिङले पहिले फुच्यान प्रान्तमा साढे १७ वर्षसम्म काम गर्नुभएको थियो। उहाँले प्रस्तुत गर्नुभएको‘डिजिटल फुच्यान’को विकास अवधारणाबाट त्यहाँका जनतामा हितकल्याण ल्याइएको छ।
२० वर्ष अगाडि धेरैजसो व्यक्तिले“डिजिटलाइजेसन”को निर्माण गर्ने बारेमा गहिरो अर्थ बुझेका थिएनन्। सन् २००० मा चीनको राष्ट्रिय दिवस अगाडि, फुच्यान प्रान्तका सचिवको पदमा रहनुभएका सी चिनफिङसमक्ष एउटा‘डिजिटल फुच्यान’को निर्माण गर्ने प्रस्ताव प्राप्त भएको थियो। यसप्रति उहाँले उच्च ध्यान दिनुभएको थियो। उक्त दस्तावेज हेरेपछि फुच्यान सरकारमातहत एउटा विशेष ‘डिजिटल फुच्यान’निर्माण टोलीको गठन गरेर उहाँले उक्त टोली तथा यस परियोजनाको नेतृत्व गर्नुभएको थियो।
‘डिजिटल फुच्यान’एउटा प्रणाली परियोजना हो। सरकारी सेवा, सामाजिक जीवन, डिजिटल वाणिज्य विभिन्न क्षेत्रको सूचना संयुक्त सेयर गर्दछ। सन् २००२ को जनवरीमा फुच्यान सरकारी सूचना वेबसाइट सञ्चालन भएपछि उक्त उद्देश्य साकार भएको थियो। यसबाट फुच्यान प्रान्तमा चीनमा सबैभन्दा पहिला उपलब्धि पुर्याइएको थियोः पहिलो सरकारी सूचना सेयर गर्ने चौतारोको स्थापना गर्ने प्रान्त, पहिलो चिकित्सा बिमा र अस्पताल जोड वेबसाइट स्थापना गरेको प्रान्त आदि। सन् २०२० सम्म फुच्यान प्रान्तमा डिजिटल अर्थतन्त्रको परिमाण २० खर्ब चिनियाँ युआन पुगेको छ र वृद्धि दर १७.६ प्रतिशत हुनुका साथै सारा प्रान्तको जीडीपीमा ४५ प्रतिशत भाग ओगटेको छ।