सी चिनफिङद्वारा केन्याका निर्वाचित राष्ट्रपति रुटोलाई बधाई
2022-09-07 18:33:06CRI
Share with:

सेप्टेम्बर ७ तारिख चीनका राष्ट्राध्यक्ष सी चिनफिङले विलियम रुटोलाई बधाई दिँदै उहाँ केन्याका राष्ट्रपति निर्वाचित हुन शुभकामना दिनुभएको छ। 

सीले चीन र केन्याको मित्रताको लामो इतिहास रहेको भन्दै हालैका वर्षहरूयता दुई मुलुकको विभिन्न क्षेत्रको सहकार्यले प्रशस्त उपलब्धि हासिल गरेको कुरा बताउनुभयो। सीले राष्ट्रपति रुटोसँग मिलेर चीन र केन्याको चौतर्फी रणनीतिक सहयोगात्मक साझेदारी सम्बन्धको विकासलाई अगाडि बढाउने मनसाय पनि व्यक्त गर्नुभएको छ।