चीनको वैदेशिक व्यापार, विश्व अर्थतन्त्रको लागि "चलायन पानीको पोखरी"
2022-09-08 20:46:13CRI
Share with:

"चालु वर्षदेखि, हाम्रो कम्पनीको उत्पादन बिक्री बढ्दै गएको छ र युरोप र अमेरिकामा निर्यातको लागि हाम्रा अर्डरहरू अक्टोबरसम्म राखिएको छ।" यो चीनको पूर्वी भागमा अवस्थित चच्याङ प्रान्तमा एक सान्दर्भिक मुख्य रूपमा अटोमोबाइल पुर्जा उत्पादन कम्पनीका जिम्मेवार व्यक्तिले मिडियालाई बताएको कुरा हो।

यो नै चीनको वैदेशिक व्यापार विकासको एक ज्वलन्त फुटनोट भन्न सकिन्छ। सेप्टेम्बर ७ तारिख चीनको भन्सार प्रशासन ब्युरोले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, चालु वर्षको अघिल्ला आठ महिनामा चीनको कुल आयात र निर्यातको मूल्यमा संलग्न रकम २७३  खर्ब युआन पुगेको छ जुन गत वर्षको सोही अवधिको तुलनामा १०.१ प्रतिशतले बढेको हो। जसबाट चीनको आर्थिक जीवन्त शक्ति र लचिलोपनको विशेषताहरूलाई प्रतिविम्वित गरिएको छ।

तीमध्ये, चीनको वैदेशिक व्यापारको मुख्य शक्ति--निजी उद्यमहरू धेरै आकर्षक छन्। अघिल्ला आठ महिनामा ती निजी उद्यमहरूको आयात र निर्यातले चीनको कूल वैदेशिक व्यापारको ५०.१ प्रतिशत ओगटेको छ।

यसबाहेक, चीनको वैदेशिक व्यापारको जीवन्त शक्ति बजार बनौटको विविधताबाट आउँछ। चालु वर्षको अघिल्ला आठ महिनामा, आसियान र युरोपेली संघ जस्ता चीनका प्रमुख व्यापारिक साझेदारहरूसमेत, चीनको व्यापार आयात र निर्यातमा "बेल्ट एण्ड रोड" सम्बद्ध मुलुकहरू रहेका छन्। साथै क्षेत्रीय व्यापक आर्थिक साझेदारी सम्झौता (आरसीइपी) का १४ सदस्य मुलुकहरू पनि छन्।

यसका अतिरिक्त, चीनको वैदेशिक व्यापारको जीवन्त प्रवृत्ति आफ्नै श्रेष्ठता बढाउने र विश्वलाई चाहिने कुराहरू उपलब्ध गराउनमा आधारित छ। चालु वर्षको अघिल्ला ७ महिनामा चीनको नयाँ ऊर्जा सवारी साधनको निर्यातले वार्षिक रूपमा ९० प्रतिशतले बढेको छ, जुन वैदेशिक व्यापारको मुख्य आकर्षण बनेको छ। वैदेशिक व्यापार नै चीनको अर्थतन्त्र स्वस्थ हुने मिटरको रूपमा लिन्छ। चीनको वैदेशिक व्यापार स्थिर वृद्धि कायम राख्दै जाने अवस्थामा छ।

सेप्टेम्बर ८ तारिख, चीनको दक्षिण-पूर्वी भागमा अवस्थित फुच्यान प्रान्तमा २२ औँ चीन अन्तर्राष्ट्रिय लगानी तथा व्यापार मेला (CIFIT) आयोजित भएको छ। अनलाइन वा अफलाइन प्रदर्शनीमा करिब ७० मुलुक र क्षेत्रले भाग लिइरहेका छन्। यो नै विश्वमा अन्तर्राष्ट्रिय व्यापार र लगानी प्रवर्द्धन गर्नको लागि चीनले प्रदान गरेको अर्को प्लेटफर्म हो। चीनको लचिलो वैदेशिक व्यापार सधैं, विश्व अर्थतन्त्रलाई बढाउने "चलायमान पानीको पोखरी" भन्न सकिन्छ।