सीद्वारा सुधारलाई चौतर्फी रुपमा गहन बनाउने बैठकको अध्यक्षता
2022-09-08 16:42:57CRI
Share with:

चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष, केन्द्रीय सैन्य आयोगका अध्यक्ष एवम् सुधारलाई चौतर्फी रुपमा गहन बनाउने चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका प्रमुख सी चिनफिङले सेप्टेम्बर ६ तारिख दिउँसो सुधारलाई चौतर्फी रुपमा गहन बनाउने चिनियाँ कम्युनिष्ट पार्टीको केन्द्रीय समितिको २७ औँ बैठकको अध्यक्षता गर्नुभएको छ।

 

उक्त बैठकमा “समाजवादी बजारमुखी अर्थतन्त्रको पूर्वशर्तमा मुख्य केन्द्रीय प्रविधि जित्ने प्रणालीको सुधार गर्ने प्रस्ताव”, “शिक्षाविद् प्रणालीको सुधारसम्बन्धी प्रस्ताव”, “स्रोत साधनको किफायतलाई चौतर्फी रुपमा बढाउने प्रस्ताव”, “ग्रामीण क्षेत्रको सामूहिक व्यवस्थापनका लागि निर्माण जमीनको बजारीकरणको परीक्षण कार्यसम्बन्धी प्रस्ताव” र “ग्रामीण क्षेत्रको चिकित्सा तथा स्वास्थ्य प्रणालीको विकासम्बन्धी प्रस्ताव”बारे छलफल गरिएको छ।