च्युनछाउ धेरै मुलुकका सर्वसाधारणलाई गरिबीबाट मुक्त गर्ने घाँस
2022-09-08 19:43:30CRI
Share with:

सी चिनफिङले फु चेन प्रान्तमा काम गर्नुभएको बेला प्रस्तुत गर्नुभएको “डिजिटल फु चेन”बाट फु चेन प्रान्त चीनको अग्रस्थानमा रहेको र नेतृत्व गर्नुभएको वनस्पतिको स्वामित्व सुधारबाट फु चेनको पहाड र नदी “हरित खजाना घर” बनेका थिए।

सन् २००० जुलाई ५ तारिख चीनको फु चेन सरकारको एक बैठक कोठामा पुरस्कार वितरण समारोहको आयोजना गरेको थियो। पुरस्कारका विजेताको नाम लिन चानसी थियो। फु चे प्रान्तका तत्कालीन निर्देशक सी चिनफिङले उहाँलाई पुरस्कार वितरण गर्नुभयो।

लिन चानसीले प्राविधिक आविष्कारले च्याउ रोप्ने तरीका परिवर्तन गर्नु भएको थियो। स्थानीय सर्वसाधारणले गरिबीमुक्तिको नयाँ बाटो खोजेका थिए। लिन चानसीको अनुसन्धान उपलब्धि सी चिनफिङद्वारा ध्यान दिइएको थियो। यो उपलब्धि छिटै वैज्ञानिक रुपमा प्रमाणित भएको थियो।

सन् १९९६ मा चीनले पूर्वी क्षेत्रका १३ प्रान्तले पश्चिमी क्षेत्रका १० वटा प्रान्त र स्वायत्त प्रदेशलाई सहयोग गर्ने रणनीति मिलाइएको थियो। फु चेन प्रान्तले निङ स्या ह्वै जातीय स्वायत्त प्रदेशलाई सहयोग गर्ने निर्णय गरेको थियो। सी चिनफिङको समर्थनमा लिन चानसीले उहाँका टोलीसँग तीनवटा राष्ट्रिय स्तरीय च्युनछाउ प्राविधिक अनुसन्धान र आविष्कार चौतारो स्थापना गर्नु भएको थियो। पछि सी चिनफिङले लिन चानसीलाई प्रविधि विदेशतर्फ पठाउन प्रोत्साहन गर्नुभयो।

सन् १९९७ जुलाईमा लिन चानसीले विशेषज्ञ टोलीलाई च्युनछाउ प्रविधि पपुवा न्यू गिनीको पूर्वी हाईल्याण्ड्स प्रान्तमा पठाइएको थियो। उहाँहरूले स्थानीय सर्वसाधारणलाई च्युनछाउ रोप्न सिकाउनु भएको थियो। उक्त प्रविधिबाट ठूलो फाइदा प्राप्त गरेपछि स्थानीय वासिन्दाहरूले नाचगान गर्दै “चीन, च्युनछाउ” भन्ने गरेका थिए।