राष्ट्राध्यक्ष सीद्वारा पैचिङ नर्मल विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई हौसला प्रदान
2022-09-08 15:38:40cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, राष्ट्राध्यक्ष एवम केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिन फिङले सेप्टेम्बर ७ तारिख पैचिङ नर्मल विश्वविद्यालयको “विपन्न मध्य र पश्चिमी क्षेत्रमा उत्कृष्ट शिक्षक-शिक्षिका बन्नकालागि तालिम योजनामा” भाग लिएका विद्यार्थीहरुलाई जवाफी चिट्ठी पठाउनुभएको छ। सो चिट्ठीमा राष्ट्राध्यक्ष सीले उनीहरुप्रति हार्दिक अपेक्षा गर्दै पैचिङ नर्मल विश्वविद्यालय स्थापनाको १२० औँ वार्षिकोत्सव र ३८औँ शिक्षक दिवसको उपलक्ष्यमा यस विश्वविद्यालयका शिक्षक तथा विद्यार्थीहरुलाई अभिवादन गर्नुका साथै चीनका व्यापक शिक्षक-शिक्षिकाहरुलाई शुभकामना व्यक्त गर्नुभएको छ।

 

जवाफी चिट्ठीमा राष्ट्राध्यक्ष सीले विद्यार्थीहरुलाई स्नातकपछि मातृभूमि र चिनियाँ जनताको सबैभन्दा बढी मांग रहेको क्षेत्रमा गएर चिनियाँ कम्युनिष्ट पार्टी र चिनियाँ जनतालाई चित्त बुझ्ने, मनपर्ने उत्कृष्ट शिक्षक बन्न प्रयास गर्न हौसला प्रदान गर्नुभएको छ।

 

सन् २०२१ देखि चीनले “विपन्न मध्य र पश्चिमी क्षेत्रमा उत्कृष्ट शिक्षक-शिक्षिका बन्नकालागि तालिम योजना” थालेको छ। हालै उक्त योजनामा भाग लिएका पैचिङ नर्मल विश्वविद्यालयका विद्यार्थीहरुले राष्ट्राध्यक्ष सीलाई चिट्ठी पठाउँदै स्नातकपछि आधारभूत निकायमा शिक्षा प्रदान गर्ने अठोट व्यक्त गरेका छन्।