सीएमजीद्वारा मध्य शरद चाडको साङ्गीतिक गालामा बाटुलो आकारको तत्वको सदुपयोग
2022-09-08 15:45:26cri
Share with:

 

चिनियाँ जनताका लागि बाटुलो आकार एक साधारण लेखाचित्र मात्र नभइ त्यसले परिवारजनसँग भेटघाट गर्ने सुमधुर अर्थ पनि बोकेको हुन्छ।

 

मध्य शरद चाड नजिकिँदै आएको परिप्रेक्ष्यमा चाइना मिडिया ग्रुपको सन् २०२२ मध्य शरद चाडको साङ्गीतिक गाला पनि आरम्भ हुन लागेको छ। चालु वर्षको यस साङ्गीतिक गालाले “चन्द्रमा संस्कृति” को मुख्य विषय बमोजिम विभिन्न किसिमका बाटुलो आकारको तत्वको सदुपयोग गरी चीन राष्ट्रको पुनर्मिलन संस्कृति र भावनाको अभिव्यक्त गर्ने छ।

 

प्राप्त जानकारी अनुसार, साङ्गीतिक गालामा जम्मा तीनवटा मुख्य बाटुलो तत्वको प्रयोग गरिने छ। पहिलो भनेको ठूलो गोलो हो। त्यो साङ्गीतिक गाला आयोजना गरिने स्थल अर्थात् बाटुलो आकारको ची याङ हु पर्यावरणीय पार्क हो। दोस्रो गोलो भनेको मझौला गोलो हो। त्यो पर्यावरणीय पार्कमा रहेको ६० मिटर व्यासको बाटुलो मञ्च हो। तेस्रो गोलो भनेको सानो गोलो हो। जुन मञ्चको केन्द्रीय जल क्षेत्रमा निर्मित १३ मिटर व्यासको एक अभिनय चौतारो रहेको छ।