राष्ट्राध्यक्ष सी चिनफिङद्वारा उत्तर कोरियाको ७४ औँ राष्ट्रिय दिवसको अवसरमा उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनलाई शुभकामना व्यक्त
2022-09-09 16:07:13cri
Share with:

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव एवम् राष्ट्राध्यक्ष सी चिनफिङले ९ तारिख उत्तर कोरियाको ७४ औँ राष्ट्रिय दिवसको अवसरमा उत्तर कोरियाली श्रमिक पार्टीका महासचिव एवम् सर्वोच्च नेता किम जोङ उनलाई शुभकामना सन्देश पठाउनुभएको छ।

 

आफ्नो सन्देशमा राष्ट्राध्यक्ष सीले महासचिव र उत्तर कोरियाली श्रमिक पार्टीको नेतृत्वमा उत्तर कोरियाली जनताले उत्तर कोरियाली समाजवादमा अझै प्रगति गर्नुका साथै त्यसलाई नयाँ उचाइमा पुर्याउन सक्ने विश्वास व्यक्त गर्नुभएको छ।

 

उत्तर कोरियासँग रणनीतिक सम्पर्क राख्दै समन्वय र सहकार्यलाई सबल पारी सँगसँगै मिलेर चीन र उत्तर कोरिया बीचको सम्बन्धको उच्च विकास गर्दै जाने साथै त्यसलाई सुदृढ र विकसित पार्दै जाने विषयमा पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।