चीनमा जोर्डनका चिकित्सा पीएचडी मोहम्मदको जीवन
2022-09-09 09:31:25cri
Share with:

 

जोर्डनका युवा मोहम्मद अबुहार्बले चीनमा अध्ययन गरेर जीवन बिताएको दश वर्ष भइसक्यो। जोर्डनको अम्मानबाट चीनको पैचिङ आएका मोहम्मद एक गरिब परिवारका छोराबाट हुर्केर कार्डियोभास्कुलर शल्य चिकित्साका पीएचडी बनेका छन्। चीनले उनलाई हुर्काएको, चीन आउनु उनको सबैभन्दा ठीक छनौट भएको कुरा उनले बताए।

 

विरामी हेर्न वार्ड जानु, रोगको मामिला, टिप्पणी लेख्नु, बाह्यरोग सेवा दिनु, शल्यक्रिया गर्नु मोहम्मदको दैनिक कार्य हुन्। पैचिङ नगरपालिकाको छाउयाङ क्षेत्रस्थित राजधानी चिकित्सा विश्वविद्यालयको मातहत पैचिङ आनचन अस्पतालमा प्रतिदिन मोहम्मद निकै व्यस्त हुन्छन्। उनी भन्छन् “चीन आउनु एक ठीक छनौट हो। चीनले मलाई हुर्काएको छ। चीनमा मेरो सपना साकार भएको छ। म चीनप्रति आभारी छु।”

 

चालू वर्ष तीस वर्षीय मोहम्मद जोर्डनको राजधानी अम्मानमा जन्मे। सानो उमेरमा उनको शारीरिक अवस्था कमजोर थियो। उनले सधैं नै एकजना उत्कृष्ट चिकित्सक बन्ने सपना पालेका थिए। आफ्नो सपनाका लागि उनले पढ्नुका साथै जीविकोपार्जन गर्ने काम गरेका थिए। उच्च माध्यमिक विद्यालयबाट स्नातक हुँदा उनले अध्ययन गर्न चीन जाने मौका पाएका थिए। उनले नानछाङ विश्वविद्यालयमा चीन अध्ययनको बाटो थालेका थिए। उनी भन्छन् “चीन सुरक्षित छ। चिनियाँहरू शान्तिपूर्ण र मायालु छन्। चिनियाँहरू मैत्रीपूर्ण छन्। चीनको सँस्कृति निकै गहिरो छ। चीनको आर्थिक विकास राम्रो बन्दैछ। चीनको वातावरण विदेशी विद्यार्थीले अध्ययन गर्न उपयोगी छ। चीन आएपछि मेरो कल्पनाभन्दा चीन अझै राम्रो भएको मैले देखेँ।”

 

चीनको वातावरणमा घुलमिल हुनका लागि मोहम्मदले चिनियाँ भाषा सिक्न प्रयास गरेका थिए। छिटो रुपमा उनले चिनियाँ भाषा स्तरको परीक्षा पास गरेका थिए। चिनियाँ प्राध्यापकहरूले उनको प्रयास हेर्नुभयो। प्राध्यापकहरूले शल्यक्रियाको अनुभव सिकाउनुभयो। मोहम्मदले विरामीलाई उपचार दिने सपना अझै बलियो बनेको छ। उनी भन्छन्

 “शुरुमा म त्यति अभ्यस्त थिइन। तर मैले सधैं नै प्रयास गरिरहेको छु। पहिलो वर्षमा मैले पहिलो स्थान जितेँ र छात्रवृत्ति पाएँ। त्यस अवधिदेखि म सधैं नै पहिलो स्थानमा भएँ।”

 

अन्डरग्रेजुएटबाट स्नातक भएपछि मोहम्मदले तालेन चिकित्सा विश्वविद्यालयमा अध्ययन गरेका थिए र मास्टर डिग्री पाए। हाल उनी राजधानी चिकित्सा विश्वविद्यालयअन्तर्गत अन्तर्राष्ट्रिय विभागको कार्डियोभास्कुलर शल्य चिकित्साको दोस्रो वर्षका पीएचडी हुन्। चीनमा अध्ययन गर्दा मोहम्मदको व्यावसायिक ज्ञान निरन्तर रुपमा अगाडि बढाइनुका साथै चीनको चिकित्सा प्रविधि र चिकित्सा गुणस्तर पनि नवीकरण हुँदैछ।

 

मोहम्मदले चीनलाई आफ्नो दोस्रो जन्मथलोको रुपमा अपनाए। भविष्यमा उनले चीनमा निरन्तर रुपमा अध्ययन गर्ने योजना बनाए। उनले विरामीलाई उपचार दिने सपना साकार तुल्याउने आशा लिए।