अन्तरिक्षमा चाडपर्व मनाउने अनुभव कस्तो छ?
2022-09-09 10:21:58cri
Share with:

 

 

चीनको मानववाहक अन्तरिक्ष कार्यको तीव्र विकास भइरहेको सिलसिलामा चीनका विभिन्न परम्परागत चाडपर्वलाई पनि अन्तरिक्षमा पुर्याइँदै आएको छ। सन् २०१२ मा शन चौ ९ को सफल प्रक्षेपणपछि चिनियाँ अन्तरिक्ष यात्रुले पहिलो पल्ट अन्तरिक्षबाट चाडपर्वको शुभकामना व्यक्त गरेका थिए।

हाल शन चौ १४ का यात्रुहरूले पहिलो पल्ट अन्तरिक्षमा मध्य शरद चाड मनाउने भएका छन्। त्यसअघि चिनियाँ अन्तरिक्ष यात्रुहरूले अन्तरिक्षमा चीनका परम्परागत वसन्त चाड, त्वान उ पर्व, युआन स्याउ चाड अर्थात् लालटिन पर्व र छी सी पर्व मनाएका थिए।