घर र मातृभूमिप्रति राष्ट्राध्यक्ष सीको माया ममता
2022-09-09 11:00:37cri
Share with:

 

मध्य शरद पर्वलाई चन्द्रमा पर्व पनि भनिन्छ, यो चिनियाँहरुको  सबैभन्दा महत्वपूर्ण पर्वमध्येको एक हो। प्राचीन कालमा चिनियाँहरुले परम्परागत पात्रो अनुसार हरेक वर्षको आठौँ महिनाको पन्ध्रौँ दिन अर्थात् पूर्णिमाको चन्द्रमाको अवलोकन गर्ने परम्पराबाट यो पर्व मनाइने चलन आएको छ। यस दिन चिनियाँ परिवारका सदस्यहरुले भेला भएर चन्द्रमाको अवलोकन गर्दै मुनकेक खाँदै राम्रो बाली भित्र्याउने र सुखमय जीवनप्रति आशा लिने गर्दछन्।

 

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ चीन राष्ट्रको यस भावनाको प्रतीकलाई न्यानो र हार्दिक रुपमा व्याख्या गर्नुहुन्छ। तीव्र विकास भएको आधुनिक समाजमा मानिसहरुले धेरै कोसिस गरे तापनि मानिसहरु बीचको साँचो भावना बिर्सनुहुँदैन भन्ने उहाँको भनाइ छ। उहाँको आँखामा “परिवार मानव जीवनको पहिलो कक्षा कोठा हो र अभिभावक बच्चाका पहिलो शिक्षक हुन्”।

 

चीनको परम्परागत मध्य शरद पर्वको उपलक्ष्यमा हामी सुन्दर चन्द्रको अवलोकन गरौँ। तपाईँ र तपाईँका आफन्तहरुको सुस्वास्थ्य तथा दीर्घायुको कामना साथै टाढा भएका परिवारजनहरूसँग सधैँ पुनःमिलन होस्, यही हाम्रो शुभकामना।