मध्य शरद चाडको विशेष उपहार
2022-09-10 16:05:28CRI
Share with:

"म चिनियाँ अन्तरिक्षयात्रीहरूलाई अभिवादन गर्न चाहन्छु। उनीहरूलाई मध्य-शरद पर्वको हार्दिक शुभकामना!"

"चिनियाँ अन्तरिक्षयात्रीहरूले साहसपूर्वक अझ बढी चमत्कारको सिर्जना गर्ने मेरो आशा छ।"

"अ

सीमित जादु ब्रह्माण्डमा थप वैज्ञानिक खोजहरू पत्ता लगाउनोस्, यो मेरो हार्दिक शुभकामना।"

...

हालै चिनियाँ परम्परागत चाड मध्य शरद चाडमा मंगोलिया, कम्बोडिया, लाओस, भियतनाम, बंगलादेश, अफगानिस्तान, टर्की, केन्याका केटाकेटी र किशोर किशोरीहरूले चाइना मिडिया ग्रुपमार्फत् चिनियाँ अन्तरिक्षयात्रीहरूलाई विशेष कोसेली पठाएका छ्न्। उनीहरूले अन्तरिक्षमा जीवनको बारेमा कल्पनाशील चित्रहरू कोरेर चिनियाँ अन्तरिक्षयात्रीहरू र चिनियाँ सर्वसाधारणलाई मध्य-शरद पर्वको शुभकामना र आशीर्वाद दिएका छन्।

 

सन् २०२२ चीनको मानवाहक अन्तरिक्ष उडान परियोजनाको कार्यान्वयनको ३० औँ वार्षिकोत्सव हो र चीनको अन्तरिक्ष स्टेशन निर्माण भएको वर्ष पनि हो। मध्य-शरद पर्वको उपलक्ष्यमा, चिनियाँ र विदेशी साथीहरूले तीन जना चिनियाँ अन्तरिक्षयात्रीहरूसँगै चम्किलो चन्द्रमाको आनन्द लिनुका साथै अन्तरिक्ष उडानको सपना कोरेका छन्!