चिनियाँद्वारा पहिलो "स्पेस मध्य शरद पर्व" मनाइँदै
2022-09-10 16:32:05CRI
Share with:

चालु वर्षको चिनियाँ परम्परागत चाड--मध्य शरद चाडको उपलक्ष्यमा, शेनचौ १४ अन्तरिक्षयानका यात्री छन तोङ, लिउ याङ र छाइ स्युचले चिनियाँ अन्तरिक्ष स्टेशनमै चिनियाँ इतिहासमा पहिलो "स्पेस मध्य शरद पर्व" मनाउँदै छन्। ती ३ जना चिनियाँ अन्तरिक्षयात्रीहरूले मध्य शरद चाड गालाका लागि एक विशेष भिडियो रेकर्ड गर्नेछन्। साथै उनीहरूले विश्वभरका चिनियाँहरू तथा चिनियाँ मूलका विदेशीहरूलाई मध्य-शरद पर्वको आशीर्वाद र शुभकामना पनि दिनेछन्।  गायिका ली युछुनले मध्य शरद पर्व गालामा "आकाशगंगामा ताराहरू"नामक गीत गाउँदै अन्तरिक्षलाई मध्य-शरद पर्वको शुभकामना दिनेछिन्।

 

चाइना मिडिया ग्रुपले आयोजना गर्ने मध्य शरद पर्व गालामा गीतमार्फत् परिवार, प्रेम, मित्रता र जन्मथलोप्रति माया-ममताको बारेमा व्यक्त गरिनेछ।

 

यसै बीच, चाइना मिडिया ग्रुपले हालै मङ्गोलिया, कम्बोडिया, लाओस, भियतनाम, बंगलादेश, अफगानिस्तान, टर्की, केन्या लगायत विश्वभरका केटाकेटी र किशोर किशोरीहरूले कोरेका अन्तरिक्ष सम्बन्धी चित्रहरू प्राप्त गरेको छ। ती कृतिहरूमध्ये केहीमा अन्तरिक्षयात्रीहरूले मध्य शरद चाड मनाउने दृश्य देखाइएको छ भने केहीमा नयाँ घर निर्माण गर्ने मानवजातिको अद्भुत कल्पना वर्ण गरिएको छ।