एशियाली र अफ्रिकी किशोरकिशोरीहरूको पेन्टब्रशमा चन्द्रमा
2022-09-10 16:01:11CRI
Share with:

परम्परागत चिनियाँ चाड मध्य शरद चाड चन्द्रमासँग घनिष्ट सम्बन्ध भएको चाड हो। चहकिलो पूर्णिमामा फूलहरूको सिंगारपटारमा सम्पूर्ण परिवारको पुनर्मिलन हुँदै सदस्यहरूले केक खाँदै चन्द्रमा हेर्ने गर्दछन्। यो नै चिनियाँहरूमाझ हालसम्म चलिरहेको मध्य शहर चाडको चलन हो। हालै मङ्गोलिया, कम्बोडिया, लाओस, भियतनाम, बंगलादेश, अफगानिस्तान, टर्की, केन्या लगायत विश्वभरका केटाकेटी र किशोर किशोरीहरूले कोरेका अन्तरिक्ष सम्बन्धी चित्रहरू चाइना मिडिया ग्रुपले प्राप्त गरेको छ। ती कृतिहरूमध्ये केहीमा अन्तरिक्षयात्रीहरूले मध्य शरद चाड मनाउने दृश्य देखाइएको छ भने केहीमा नयाँ घर निर्माण गर्ने मानवजातिको अद्भुत कल्पनाको वर्ण गरिएको छ।